गुल्मीमा खोलामा नुहाउने क्रममा डुबेर एक मजदुरको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, जेठ १० । गुल्मीमा खोलामा नुहाउने क्रममा डुबेर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको शन्तिरपुर स्थित चन्द्रकोट गाउँपालिका वडा नं. ४ को हुग्दी खोलामा नुहाउने क्रममा अर्घाखाँची पाली वडा नं. ६ घर भएका ४० वर्षिय पदमबहादुर पहराई मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।

शान्तिपुर स्थित तल्लो रेमीमा बसेर घर निर्माणको काम गर्दै आएका पहराई बुधवार दिउँसो घरको ढलाई सिध्याएर हुग्दी खोलामा नुहाउने क्रममा पुल निर्माण गर्न खनिएको खाल्डोमा पर्दा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

comments

Comments are closed.