गुल्मीमा एकै घरका दाजुभाइ दुई पार्टिबाट वडाध्यक्षको उम्मेदवार

  •  
  •  
  •  
  •  
  •  

दाजु नेपाली कांग्रेसबाट, भाई नेकपा एमालेको तर्फबाट उम्मेदवार

गुल्मी, जेठ २३ । दोश्रो चरणको स्थानीय तह चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडा अध्यक्ष पदमा उम्मेद्वार बनेका छन् ।
मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका दाजुभाइ यमबहादुर खत्री र ओमबहादुर खत्री एकै पदमा उम्मेद्वार बनेका हुन् । दाइ यमबहादुर खत्री नेपाली कांग्रेसको तर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा एमालेको तर्फबाट उम्मेद्वार बन्नु भएको हो ।

एकै घरका दाजुभाइलाई एकै पदमा उम्मेद्वार बनाएपछि आफन्तलाई पनि दुई मध्ये कसलाई भोट दिने भनेर अन्यौलमा भएको छ । -उज्यालो अन्लाईनबाट

Comments

comments

Comments are closed.