गाउँघरका खबर

गुल्मीमा आयो नयाँ नियम, बेलुका २ घण्टा भन्दा बढि समय मदिरा बेचे कार्वाही

प्रेम सुनार
धुर्कोट, भाद्र २७ । समाजको विकृति विसंगति विरुद्ध अभियान छेडेको गुल्मीको धुर्कोट गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गरेको छ । गाउँका कुनै घर पसलहरुमा साँझ वजे देखि ८ वजे सम्म मात्रै मदिरा बेच्न पाईने त्यो भन्दा अन्य समयमा मदिरा बेच विखन गरेको पाईए स्थानिय सरकारले जरीवाना गर्ने र उस्तै परे पसल समेत वन्द गरी दिने गाउँपालिकाको बैठकले निर्णय गरेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

समाजमा ‘विकृति विसंगतिको कारक मध्ये मदिरा पनि एउटा पक्ष रहेको पाईयो’–प्रमुख पोखरेलले भने–‘यसर्थ धुर्कोट गाउँपालिका भित्र मदिरा साँझमा जम्मा दुइ घण्टा बेच्न पाउने र यस अभियानलाई तिव्र पार्दै जाँदा अझ कम र सिमित पसललाई मात्र अनुमति दिईने थप निर्णय समेत पछि गर्न सकिने छ ।’धुर्कोट गाउँपालिकाले गरिव विपन्न परिवारका खरका छाना हटाएर टिनको छाना लगाई दिने कार्यक्रम पनि सुरु गरी सकेको उप प्रमुख शिवबहादुर खत्रीले बताए ।

अध्यक्ष पोखरेल ज्यु र मेरो चुनावी नारा नै खरका छानारहित धुर्कोट बनाउने थियौं । त्यही नारालाई साकार पार्न रकम विनियोजन गरेका छौं र काम सुरु पनि भएको छ उप प्रमुख खत्रीले भने दुई वर्ष भित्रमा धुर्कोटका कुनै पनि टोलमा खरका छाना भएका घर देख्नु हुने छैन् । त्यस्तै धुर्कोट भित्र आधुनिक र आयमुलक कृषि उत्पादनलाई पनि प्राथामिकता दिएको प्रमुख पोखरेलले बताए ।

गरिव किशानहरुलाई परम्परागत कृषि प्राणलीले टाउँको उठाउन दिएको छैन पोखरेले थपे त्यस्ता किशानहरुलाई अनुदानको समेत व्यवस्था गर्दै गरिवीबाट मुक्त गर्ने हाम्रा सवै वडाका अध्यक्षहरुको समेत जोड रहेकोले एकमत भएर लागेका छौं । धुर्कोट गाउँपालिकाले रेडियो समेत आफैले सञ्चालन गर्न लागेको र यहाँको विकास केहि फरक ढंगले गर्न थालिएको धुर्कोट गाउँपालिकाका प्रेस संयोजक प्रेम सुनारले जानकारी दिए ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।