गुल्मीमा आन्दोलनको स्वरुप परिर्वतन, बन्द वाहेकका कार्यक्रम सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी पुस ५ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीमा चलिरहेको आन्दोलनको स्वरुप परिर्वतन भएको छ । संयुक्त संघर्ष समिति गुल्मीले आन्दोलनको २१ औं दिनमा नयाँ कार्यक्रमकहरु सार्बजनिक गरेको छ । संघर्ष समितिले आगामी पुस १० गते सम्म बन्द बाहेकका बिभिन्न कार्यक्रहरु सर्वजनिक गरेको छ । धेरै लामो बन्दले जिल्लाको जनजीवन अत्यन्तै कष्टकर भएकाले दुई दिनको लागि बन्द खुकुलो बनाइएको संयुक्त संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्टले बताए ।
नयाँ कार्यक्रम अनुसार पौष ६ गते महिला संजाल, विभिन्न राजनितिक पार्टिका महिला नेताको अगुवाइमा महिला दिदिबहिनी र सम्पुर्ण जनसमुदाय हरुको सहभागीतामा ‍र्याली, जुलुस सहित कोणसभा बताइएको छ । पौष ७ गते प्राध्यापक, वकिल, पत्रकार, नागरिकसमाज, बुद्धिजीवीहरुको अगुवाइमा र्याली, जुलुस सहित कोणसभा संघर्ष समितिले निर्णय गरेको छ ।
पौष ८ गते सदरमुकाम का वडा तथा गा.बि.स.मा र्याली ,जुलुस र कोण सभा सम्पन्न निर्ण भएको छ । पौष ९ गते गुल्मी तम्घास बजार क्षेत्र लगायत मुख्य राजमार्गहरुमा चल्ने सबारी साधन सडकमा प्रदर्शन गरि हर्न ( आबाज ) बजाउने ,अन्य जनसमुदाय समेत सहभागी हुने निर्णय भएको छ । पौष १० गते अन्य जिल्लाहरु जिल्लाको राजमार्ग तथा सहायक साजमार्गहरुमा पायक पर्ने स्थानमा जम्मा भैइ संशोधन प्रस्तावको बिरोध गर्ने, प्रदेस नं. ५ को सपथ ग्ररण गर्ने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्ठले जानकारी दिए ।
पौष ६ गते देखि १० गतेको समय अबधिभर बिधालय, क्याम्पस, पसल, उद्योग, व्यापार सबारी साधन पुर्बबत रुपमा संचालन हुने र आन्दोलनका कार्यक्रम अबधिमा समय मिलाएर सहभागी हुन समेत संघर्ष समितिले जनाएको छ । गुल्मीमा ११ दलको ऐक्यबद्धता मा लगातार २१ दिन बन्द हुदै आएको थियो । एमाले निकट भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारा पत्ता लागाई दोषी उपर कारवाहीको माग गर्दै युवासंघ नेपालले गरेको गुल्मी बन्द पनि आज साझ ६ बजेबाट फिर्ता ल्याएको संघका अध्यक्ष मोहनप्रसाद पाण्डेयले बताए । गुल्मी लामो समय सम्म बन्दको चपेटामा परेको भन्दै युवासंघले गुल्मीमा बन्दबाहेका बिरोधका कार्यक्रम रहेको पाण्डेयको भनाई छ । बुधवार गुल्मीमा गृहमन्त्री आउने कार्यक्रम रहेको भन्दै युवा बिद्यार्थीहरुको तर्फबाट कालो झण्डा देखाउने कार्यक्रम रहेको बताइएको छ ।

Comments

comments

Comments are closed.