कक्षा ८ को जिल्लास्तरीय परिक्षा शुरु

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे,
वामी गुल्मी, चैत्र १३ । गुल्मी जिल्लाभरी नै चैत्र १३ देखि कक्षा ८ को जिल्लास्तरीय परिक्षा शुरु भएको छ । आइतबार बाट २१ गते सम्म उक्त परिक्षा सञ्चालन हुनेछ । आज पहिलो दिन अनिवार्य अँग्रेजीको परिक्षा सहज बाताबरणमा सम्पन्न भएको छ ।

वामी श्रोत केन्द्रमा ६ ओटा परिक्षा केन्द्र निर्धारण भएका छन भने १६ बिद्यालयका ३ सय ९४ जना परिक्षार्थीले परिक्षा दिने वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देविराम शमाृले जानकारी दिनुभयो ।
परिक्षा केन्द्रहरुमा वामीमा रहेको महेन्द्र आदर्श माबि, मैदानको शारदा बिद्या मन्दिर माबि, कुर्घाको त्रिभुबन माबि, पौदीअमराइको नेपाल राष्ट्रिय सर्बाेदय माबि र अर्लाङ्कोटका सीतापुर माबि र ज्ञानज्योती निमाबी रहेका छन ।
प्रत्येक परिक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष र एक एक जना अनुगमनकर्ता पनि नियुक्त गरिएको जनाइएको छ । केन्द्राध्यक्षको नियुक्ती गर्दा केन्द्राध्यक्षहरुको होम सेन्टर नपर्ने गरी ब्यबस्था मिलाइएको जनाइएको छ ।
वामीमा रहेको महेन्द्र आदर्श माबि परिक्षा केन्द्रमा मालीका बोर्डिङ्ग, गोल्डेन बोर्डिङ्ग र महेन्द्रकै बिद्यार्थीहरु सहभागी छन । त्रिभुबन माबि कुर्घाका शिक्षक समेत रहेका केन्द्राध्यक्ष फणिन्द्रराज ज्ञावलीका अनुसार महेन्द्रबाट ८६, मालीका बाट २७ र गोल्डेनबाट २० जना परिक्षार्थी सहभागी छन । जस मध्ये छात्रा ६९ तथा छात्र ६४ गरी १ सय ३३ जना परिक्षार्थी रहेका रहेका छन । परिक्षा बिहान १०ः३० बाट सञ्चालनमा आउने छ ।
यसैबिच महेन्द्रमा आज बाटै अन्य कक्षाको पनि परिक्षा शुरु भएको छ ।
होटल व्यवसायी मञ्च गुल्मीको आयोजनामा प्रशिक्षण कार्यक्रम भुवाचिदीमा ।।
अनिश शर्मा गैरे, वामी गुल्मी, चैत्र १३ गते ।।
बिगत तिन दिनदेखी शुरु भएको होटल ब्यबसायीहरुको लागि बिभिन्न बिषयमा बिबिध प्रशिक्षण कार्यक्रम आइतबार भुवाचिदीमा सम्पन्न भएको छ ।
बिभिन्न ५ क्षेत्रमा नियमीत रुपमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा गुल्मीका होटल ब्यबसायीहरुको उपस्थिती रहेको छ ।
होटलहरुमा स्थानीय रुपमा हुने उत्पादनहरुको प्रयोग तथा प्रवद्र्धन गर्नको लागि उक्त तालीमको आयोजना गरिएको हो ।
चैत्र ५ गते देखी ७ गते सम्म रीडिमा, चैत्र ८ देखी १० गते सम्म चोरकाटेमा र चैत्र ११ देखी १३ सम्म कुर्घाको भुवाचिदीमा सो कार्यक्रम गरिएको छ ।
आइतबार सम्पन्न भुवाचिदीको कार्यक्रममा होटल ब्यबसायी मञ्चका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक युवराज भण्डारीको अध्यक्षता रहेको थियो भने उद्योग बाणिज्य संघ गुल्मीका सदस्य ज्ञानहरी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सापकोटा, सहभागीहरुको तर्फबाट वामीका होटल ब्यबसायी फुल प्रसाद सापकोटा, कुर्घाको होमस्टे सञ्चालक गौमाया गुरुङ्ग लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षक शिशिर सुब्बाले प्रशिक्षण दिनुभएको थियो भने सञ्चालन होटल ब्यबसायी मञ्चका कोषाध्यक्ष जँग बहादुर कुवँरले गर्नुभएको थियो ।
भुवाचिदीमा रहेको भट्टराइ होटलमा सम्पन्न भएको कार्यक्रममा करिब ४० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा होटल ब्यबसायी मञ्च गुल्मी, पर्यटन कार्यालय पोखरा, रुरु रेसुङ्गा संरक्षण पर्यटन बिकास समिति गुल्मी, सिटभीटी पोखराको सहयोग रहेको थियो ।

Comments

comments

Comments are closed.