गुल्मीमा अरु नेता माओबादी केन्द्रमा हिँडेपछि नयाँ शक्तिले बनायो थापालाई संयोजक

  •  
  •  
  •  
  •  
  •  

गुल्मी बैशाख ४ – नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद गुल्मीले नयाँ संयोजक चयन गरेको छ । परिषदका जिल्ला संयोजक मनिराम ज्ञवाली माओवादी केन्द्र गुल्मीका प्रबेश गरे लगत्तै नयाँ संयोजकमा परिषदका केन्द्रिय सदस्य रहेका तेजेन्द्र थापालाई जिम्मेवारी दिएको पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

शुक्रवार जिल्ला परिषद गुल्मीका केहि व्यक्तिहरुले पार्टीको लेटर प्याड र संस्थागत छाप दुरुपयोग गरि मनोमानी ढंगबाट नयाँ शक्ति पार्टी माओेवादी केन्द्रमा एकिकरण भएको भनी भ्रम सिर्जना गरेको आरोप लगायको छ । पार्टीले आकस्मीक बैठक बसी उक्त घटना प्रति घोर आपती भएको बिज्ञप्ती मार्फत जनाएको छ ।

पार्टीका ५ जना व्यतिmहरुले मात्र पार्टी परित्याग गरेको तर नयाँ शक्ति पार्टी जिल्ला कमिटि माओवादी केन्द्र गुल्मीमा एकिकरण भएको भन्ने कुरा कपोलकल्पीत एंव भ्रामक प्रचार मात्र जनाएको छ । पार्टी मातहतका सवै कमिटीहरु यथावत रहेको जनाकारी गराउदै तपशिलमा उल्लेखीत व्यतिmहरुलाई निम्नअनुसारको जिम्मेवारी प्रदान गरेको ब्यहोरा यस प्रेस विज्ञप्ती मार्फत जानाकारी गराएको छ ।

पार्टीले जिल्ला संयोजकमा थापालाई जिम्मेवारी प्रदान गरे पनि अन्य पदमा भने पुरानै कमिटीका पदाधीकारीले जिम्मेवारी पाएका छन् । जिम्मेवारी अनुसार घनश्याम पाण्डेय सह– संयोजक, चन्द«बहादुर विक संगठन विभाग प्रमुख, पदम बहादुर खत्री (श्याम) आर्थिक विभाग प्रमुखमा जिम्मेवारी दिएको छ ।

जिम्मेवारी अनुसार प्रेम नेपाली दलित विभाग प्रमुख, बाबुराम बोहोरा युवा ईन्चार्ज, घनबहादुर ख्डका अपाङ्ग तथा प्रचार विभाग प्रमुख, कविता विक महिला विभाग प्रमुख, बेद बहादुर राना जनजाती विभाग प्रमुखमा जिम्मेवारी दिइएको सचिवालय संयोजक जनक पन्थले जानकारी दिए । संयोजक पन्थका अनुसार संयोजक बाहेक अन्य जिल्ला परिषदमा पुरानै पदाधिकारीलाई जिम्मेवारी दिइएको बताए ।

Comments

comments

Comments are closed.