समाचार

गुल्मीमा अब मात्र २ निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्रमा टुक्रिए रेसुङ्गा र रुरु

अनिल खत्री
गुल्मी, भदौ १५ । निर्वाचन क्षेत्र निर्धारणमा गुल्मीमा प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा २ निर्वाचन क्षेत्र निर्धारण भएको छ । हालका ३ निर्वाचन क्षेत्रलाई समायोजन गरेर २ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको हो । प्रदेस सभा तर्फ भने ४ वटामा बिभाजन भएको छ ।

जिल्लामा रहेका कालिगण्डकी गाउँपालिका,सत्यवती गाउँपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरवार गाउँपालिका,चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिकामा रहेका ७ देखि १४ वडा पर्ने गरि क्षेत्र नम्बर १ बिभाजन गरिएको छ । त्यस्तै क्षेत्र नम्बर २ मा मालिका गाउँपालिका, मदाने गाउँपालिका, धेर्काट गाउँपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, र रेसुङ्गा नगरपालिकामा रहेका १ देखि ६ वटा वडा मिलाई क्षेत्र नम्बर २ मा बिभाजन गरिएको छ ।

प्रदेश तर्फ क्षेत्र नम्बर १ मा रहेका कालिगाण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरु गाउँपालिकामा रहेका २, ५, ६ नम्बर वडालाई १ र रुरु गाउँपालिकामा रहेका १, ३, र ४ वडा छत्रकोट गाउँपालिका,गुल्मी दरवार गाउँपालिका, रेसुङ्गा नगरपालिकामा रहेका ७ वडा देखि १४ वडा सम्मको लाई २ नम्बरमा राखिएको छ । त्यस्तै क्षेत्र नम्बर २ तर्फ रेसुङ्गा नगरपालिकामा रहेका १ देखि ६ वटा वडा,इस्मा गाउँपालिका, मुसिकोट नगरपालिकालाई १ र मालिका गाउँपालिका,धुर्कोट गाउँपालिका र मदाने गाउँपालिलाई २ प्रदेस गरि ४ वटा प्रादेसिका सभामा बिभाजन गरिएको छ ।

गुल्मीमा रहेका प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा रेसुङ्गा नगरपालिकालाई दुइवटा क्षेत्रमा बिभाजित भएको छ । प्रदेस सभा निर्वाचन क्षेत्रमा रुरु गाउँपालिका बिभाजनमा परेको छ । एउटा नगर र गाउँपालिका २ वटा निर्वाचन क्षेत्रमा बिभाजन नगरिकन सिमाङकन गर्न जिल्ला स्थित राजनितिक दलहरुबाट प्रयास भएपनि अत्यमा बिभाजन भएका छन् ।

क्षेत्र बिभाजनमा टुक्राइएको भन्दै कांग्रेस गुल्मीले टुक्रिन नदिन देशको प्रधानमन्त्री देखी सम्बन्ध सबैसङ्ग जिल्लाबासीको चाहनालाइ राखे पनि सोहि अनुरुप हुननसकेको जिल्ला पार्टी सभापती भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्लामा १२ वटा स्थानिय तह रहेका छन् ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।