गुल्मीन्युज सहकर्मी प्रेम सुनारका बुवाको निधन प्रति पत्रकार महासंघद्धारा दुख व्यक्त

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, ६ जेठ । नेपाल पत्रकार महासंघ गुल्मीले गुल्मीन्युज सहकर्मी पत्रकार प्रेम सुनारका बुवाको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ । पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालद्धारा जारी शोक वक्तव्य महासंघका केन्द्रिय सभाषद प्रेम सुनारको परिवारमा परेको दुख प्रति सहानुभुति प्रकट गरिएको छ ।

वक्तव्यमा दिवङ्गत आत्मा प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । सुनारका बुवा भुपाल सुनारको जेठ ४ गते ८३ बर्षको उमेरमा निधन भएको थियो । मृतक सुनार स्वासप्रस्वास र छातिको रोगले थलिएका थिए । उनको काठमाण्डौको सैनिक अस्पताल छाउनीमा उपचार भैरहेको थियो । स्थायी घर मुसिकोटको चुँदरी गाउँमा बसोबास गर्दै आएका सुनारका चारभाई छोरा रहेका छन् ।

Comments

comments

Comments are closed.