गुल्मीन्युज मार्फत राष्ट्रपती कार्यालयमा पनि सुनिन्छ ओझेलका खबर, धुर्कोटका बिरामीलाई सहयोगको प्रतिबद्दता

  •  
  •  
  •  
  •  
  •  

पश्चिम नेपालमा सार्वधिक मनपराईएको रेडियो कार्यक्रम ओझेलका खवर राष्ट्रपती भवनमा पनि सुनिने खबर प्राप्त भएको छ । यस हप्ताको २ सय ९९ सय औं श्रृंखला गुल्मी न्युजडटकममा अन्लाईन सुनेर राष्ट्रपती भवनबाट ओझेलका खवर सञ्चालक प्रेम सुनारलाई फोन आएपछी उक्त कुराको खुलासा भएको हो ।

राष्ट्रपती विद्यादेवि भण्डारीको स्वकिय जनसम्पर्क अधिकृत हिरामणी आचार्यले ओझेलका खवर यहाँ आफुहरुले नछुटाई सुन्ने गरेको र यसपाली गुल्मीको धुर्कोटरजस्थलको दर्दनाक ओझेलका खवरले साह्रै मन छोएको बताएको सुनारले जानकारी दिए ।

आचार्यले भने ‘प्रेम जी, तपाईको ओझेलका खवर गुल्मीन्युज डटकमबाट नछुटाई सुनिन्छ, सुन्दै आएका ओझेलका खवर मध्ये यसपालीको ओझेलका खवरले थप मन छोयो, धुर्कोटरजस्थल २ का बिरामी प्रेम नेपालीको सहयोगको लागि सक्दो पहल गर्नेछु ।’

यो हप्ताको ओझेलका खबर सुन्न यहाँ क्लिक गर्नुहोस्

यस सम्बन्धी थप बुझ्नको लागि गुल्मीन्युज डट कमका सम्पादक/संचालक सन्जु काउछा मगरले आचार्यसँग टेलिफोन कुराकानी गर्नुभएको थियो । टेलिफोन कुराकानीमा आचार्यले आफुले गुल्मीन्युज डट कम मार्फत नियमित ओझेलका खबर सुन्ने र पछिल्लो खबरमा प्रसारण भएको नेपालीको उपचारको लागि भोली नै राष्ट्रपती भण्डारी समक्ष जानकारी गराउने र शिक्षण अस्पतालका निर्देशकसँग पनि भेटेर कुरा गर्ने प्रतिबद्दता ब्याक्त गर्नुभएको थियो ।

राष्ट्रपतीका स्वकिय जनसम्पर्क अधिकृत आचार्य

ओझेलका खवरको ईतिहासमा ३ सय औं श्रृंखलाको संघारमा आई पुग्दा राज्यको माथील्लो निकाय राष्ट्रपती भवन भित्रका दर्शक तथा श्रोताको प्रशंसा आएको यो पहिलो हो । वाग्लुङ्गको ग्वालीचौर घर भएका राष्ट्रपती ज्युका स्वकिय जनसम्पर्क अधिकृत आचार्यले बिगतमा ओझेलका खवर सञ्चालक सुनारले वर्षऔं देखि अन्यायमा परेको र दविएको घटना समेत उठान गरेर सम्वन्धित पक्षलाई न्याय दिलाएका थिए ।

गुल्मीन्युज डटकम ओझेलका खवरमार्फत राष्ट्रपती भवन भित्र दिन दुखीको खवर उठाउने माध्यम भएको समेत आचार्यले बताए । ओझेलका खवर र गुल्मी न्युजडटकमलाई गुल्मीका खबर र बिषयबस्तुहरुमा मात्रै सिमित नगरी राष्ट्रिय स्तरको कार्यक्रम र अनलाईनका रुपमा विकास गर्नु पर्ने आचार्यले सल्लाह दिए । आज भन्दा ८ वर्ष अघि ओझेलका खवर झुपटीको कथाबाटै सुरु भएको र त्यो झुपटीको कथा राष्टपती भवन भित्र समेत सुनिन थालिएकोमा कार्यक्रम सञ्चालक प्रेम सुनारले अथक परिक्षमको फल प्राप्त भएको प्रतिकृया दिए ।

Comments

comments

Comments are closed.