गुल्मीको रेसुङ्गा क्षेत्रमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, फागुन २१ । गुल्मीको सदरमुकाम तम्घासनजिकै रहेको रेसुङ्गा क्षेत्रमा भीषण आगलागी भएको छ । सदरमुकाम तम्घासको देउराली भन्ने स्थानको नजिकैबाट सुरु भएको आगलागी अहिले नियन्त्रणबाहिर रहेको गुल्मी जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले उक्त क्षेत्रमा हावाहुरी चलिरहेका काराण आगो नियन्त्रणभन्दा बाहिर रहेको हो । हावाहुरीका कारण आगो अझै फैलिइरहेको बताइएको छ ।
Gulmi_Aagoआगो नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गुल्म र नेपाली सेनाको टोली परिचालन भएको गुल्मी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उक्त क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरसमेत उच्च जोखिममा परेको बताइएको छ ।

Comments

comments

Comments are closed.