जिल्ला समाचार

गुल्मीको प्रजातान्त्रिक बार भत्कियो, अध्यक्षमा खनाल निर्वाचित

टोपलाल अर्याल
गुल्मी २८ साउन । नेपाल वार एशोसियसन गुल्मीको अध्यक्षमा प्रगतीशिल समुहका गोपाल प्रसाद खनाल निर्वाचित भएका छन । शनिवार सदरमुकाम तम्घासमा वारको निर्वाचन सम्पन्न भएको थियो । खनालले अध्यक्षका अर्को प्रत्यासी प्रजातान्त्रिक समुहका भिमलाल न्यौपानेलाई २ मतले पराजित गरेका छन् । त्यस्तै उपाध्यक्षमा वोमलाल भण्डारी निर्विरोध निर्वाचित भएका थिए ।

सचिवमा खनाल प्यानलका वेदप्रसाद कुवँर, कोषाध्यक्षमा टुक प्रसाद कुवर विजयी भएका छन । बारको सदस्यहरुमा पनि क्रमस खनाल प्यानलकै चिरञ्जीवी शर्मा, जिवलाल पाण्डे, हिराबहादुर अर्याल र होम बहादुर केसी विजयी भएका छन । भने न्यौपाने प्यानलका सदस्यहरुमा अच्युतराज पन्थी, गुणनिधी शर्मा, विष्णु प्रसाद वलाल, हरि प्रसाद पाण्डे र प्रेमराज आचार्य विजयी भएका हुन । २६ जना कानुन ब्यवसायी रहेको गुल्मी वारमा २४ जनाले मतदान गरेका थिए । नेपाल वार एशोसियसन गुल्मीमा पहिलो पटक पिएलले कानुन ब्यवसायीले नेतृत्व पाएको छ ।

 

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।