गुल्मीको नयाँ गाउंमा एम्बुलेन्स

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । नयाँ गाउं एम्बुलेन्स सेवा ट्रस्ट गुल्मी नेपाल काठमाडौंले गुल्मीको नयां गाउंमा एम्बुलेन्स हस्तान्तरण गरेको छ । संस्था स्थापनाको डेढ वर्षभित्रमै एम्बुलेन्स खरिद गरि गुल्मीको नयां गाउं र आसपासका जनतालाई सेवा पुर्याउने उद्देश्यले संस्थाले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

नयाँ गाउंमा जन्मिएर देश विदेशमा रहेका चन्दादाता र स्थानीय जनताको सहयोगमा संकलन गरिएको रकमवाट एम्बुलेन्स खरिद गरिएको संस्थाका संस्थापक महासचिव पत्रकार प्रकाश पोखरेलले बताए । आफुहरुले विरामीको स्वास्थ्य वेचेर पैसा कमाउने उद्देश्य नराखेको बरु श्रोत साधनले भ्याएसम्म निशुल्क रुपमा सेवा पुर्याउने उद्देश्यले लिएको पोखरेलले बताए । आगामी दिनमा यस्ता परोपकारी काम जिल्लाका अन्य गाउंमा पनि विस्तार गर्ने पोखरेलले बताए ।
ambulance
एम्बुलेन्सको संस्थाकी संस्थापक अध्यक्ष एव हस्तान्तरण समारोहकी प्रमुख अतिथि राधा मल्ल, विशिष्ट अतिथि प्रकाश पोखरेल र भरत मल्लले संयुक्त रुपमा संस्थाको शाखा कार्यालयका अध्यक्ष कमल थापालाई हस्तान्तरण गरेका थिए । संस्थापक टिमको अथक प्रयास फलस्वरुप स्थानीय जनतालाई एम्बुलेन्स हस्तान्तरण गर्न पाएकोमा संस्थापक अध्यक्ष मल्ले खुशी व्यक्त गरिन । स्थानीय जनताको सहयोग र सदभावको प्रशंसा गर्दै मल्लले आगामी दिनमा सामाजिक कार्यमा लागिरहने प्रतिवद्दता व्यक्त गरिन । मल्लले आफुले रचेको साहित्यिक कृतिको विक्रिवाट संकलित र व्यक्तिगत रुपमा एम्बुलेन्स खरिदको लागि रु ५ लाख चन्दा उपलब्ध गराएकी थिईन । -रातोपाटीबाट

Comments

comments

Comments are closed.