गुल्मीको चुनावमा एमाले र माओबादी केन्द्रले सहकार्य गर्ने, यस्तो हुनेछ बाँडफाँड

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, बैशाख ८ । लामो छलफल र गृह कार्य पछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र गुल्मी विच वाम एकताका साथ सहकार्य गरेर स्थानिय तहको निर्वाचनमा भिड्ने सहमती भएको छ ।

अहिले केहिवेर अघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दुई जिल्ला पार्टी प्रमुखहरुले हस्ताक्षर गरेर संयुक्त विज्ञप्ती जारी गरी सहकार्य गरेर स्थानिय तहको निर्वाचनमा जनतासामु जाने निर्णय भएको कुरा सार्वजानिक गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्त र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा दुई पार्टी विच सहकार्य गरेर स्थानिय तहको निर्वाचनमा जाने सहमति भएको प्रति निर्कै हर्षित भएको उल्लेख गरिएको छ । उक्त सहमतिलाई कार्यन्वयन गर्न दुवै दल दृढ रहेको प्रतिवद्धा समेत जनाईएको छ ।

यस्तो छ बाँडफाँड
चुनावमा सहकार्य गर्ने सैद्धान्तीक सहमति गरिए पनि गाउँ, नगरपालिका र वडा बाँडफाँडको आधिकारिक सहमति वाहिर आई सकेको छैन । दुवै दल विच कार्य समिति बनाएर टुङ्गाउने गृह कार्यमा जुटि रहेको जनाईएको छ ।
तर गोप्य श्रोताका अनुसार नेकपा माओवादी केन्द्रले ३ वटा गाउँपालिकामा प्रमुख पाउने भएको छ । त्यस्तै एक उपमेयर सहित ५ वटा गाउँपालिकामा उपप्रमुख पाउने र २६ वटा वडामा वडा अध्यक्ष पाउने भएको छ ।
नेकपा माओवादी केन्द्रले चन्द्रकोट गाउँपालिका, धुर्कोट र मालिका गाउँपालिकामा प्रमुख पाउने भएको छ । त्यस्तै रेसुङ्गा नग।पालिकामा उपमेयर , मदानेगाउँ पालिका , कालिगण्डकी , रुरुm छत्रकोट र गुल्मी दरवारमा नेकपा माओवादी केन्द्रले उप प्रमुख पाउने भएको छ ।
२५ वडा भनिए पनि तल माथी हुन सक्ने श्रोतले जनाएको छ । वडा अध्यक्षको टुङ्गो भने स्थानिय तहमा पुगेर जित्ने जिताउने सम्भावना भएका ठाउँहरुमा सहमतिका आधारमा उमेदवारी दिन लगाउने बताईएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चा लगायत यहाँ क्रियाशिल सवै कम्युनिष्ट विच पनि सहकार्य गरेर जुनावमा जाने टुङ्गो भई सकेको एमाले नेता गणेश श्रीपालीले बताए ।

यसरी बिग्रियो कांग्रेस माओवादी केन्द्रको सहमति
एमाले भन्दा पहिल्लै नेपाली कांग्रेसले माओवादी केन्द्र संग सहकार्य गरेर चुनावमा जाने अन्तिम टुङ्गो जस्तैको वातवरण बनाएको थियो । कांग्रेस नेता चन्द्र भण्डारी जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र खिलध्वज पन्थीले त्यो वातवरण मिलाउन घनिभुत मेहनत गरेका थिए ।
नेता चन्द्र भण्डारी र माओवादी केन्द्रका नेता सुदर्शन वरालले हस्ताक्षर गर्दै पत्रकार सम्मेलन गर्न मात्रै बाँकी थियो भन्दै थिए नेताहरु । यहि क्रममा एक अर्काका कार्यकर्ता कसैले नछुने सहमाति उल्लंंघन गर्न पुग्यो कांग्रेसले ।
दोहलीमा माओवादी केन्द्रका ढुलमुले कार्यकर्ता र विपक्षीबाट ‘सामन्त’को विल्ला भिरेका चन्द्रबहादुर महत र कृष्ण रिजाललाई कांग्रेसले पार्टी प्रवेश गराए पछि सहमति विथोलिन गएको माओवादी केन्द्रका नेता बुद्धि जिसी बताउँछन् ।
त्यति मात्र होईन केहि दिन अघि कांग्रेस नेतृ तथा वाणिज्य राज्य मन्त्री सुवर्ण ज्वाराचनले चोरकाटेका भाषण गर्दा माओवादी केन्द्र संग कांग्रेस मिल्छ भने त्यो सहमातिमा जुन चाँहीले हस्ताक्षर गर्छ त्यसको हात काटेर फालि दिन्छु , चन्द्र भण्डारीलाई आक्रमण गर्छु जस्ता उत्तेजक अभिव्यक्ती दिए पछि माओवादी केन्द्र चिढिन पुग्यो ।
त्यस्तै छत्रकोटमा मुक्ति कँडेल भन्ने स्थानिय कांग्रेस नेताले रुरु एफएमबाट अन्यत्र मिले पनि छत्रकोटमा माओवादी केन्द्रसंग मिलिदैन भनेर अभिव्यक्ति दिए । त्यसबाट कांग्रेसले भोली धोका दिने निचोडमा माओवादी पुगेको जनाईएको छ ।

Comments

comments

Comments are closed.