गुल्मीको गौशालामा १ सय ८ गाईको पूजा

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, कात्तिक १४ – लक्ष्मी पूजाको अवसरमा आइतबार गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गा स्थित गौशालामा एक सय ८ गाईलाई पूजागरी नुन तथा दाना खुवाइएको छ । गाईलाई नुन खुवाउनकालागि भनेर बिहानैदेखि सयौं श्रद्धालुहरु गौशाला पुगेर गाईलाई लक्ष्मीको रुपमा मानेर नुन, तेल, पिठो र फलफूलहरु खुवाएका हुन् । लक्ष्मी पूजाको दिनमा गौशालामा रहेका गाईलाई पूजाआजा गरी नुनतेल खुवाएमा सधैँभरि घरमा लक्ष्मीको बास हुने र रोग व्याधीले नसताउने धार्मिक मान्यता छ ।- उज्यालो नेटवर्कबाट

Comments

comments

Comments are closed.