गुल्मीको गाउँप्रमुखमा सवै भन्दा कान्छा उमेदवार नेकपा माओवादी केन्द्रका ज्ञवाली

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , जेठ–२५ । गुल्मीका २ नगरपालिका र १० वटा गाउँपालिकामा उठेका प्रमुख पदका उमेदवारहरु मध्ये रुरु गाउँपालिकामा सवै भन्दा कान्छा उमेदवार यदु ज्ञवाली कलिलो युवा र आकर्षक व्यक्तित्वका कारण चर्चामा छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त प्यानलबाट गाउँ प्रमुखमा उमेदवारी दिएका ज्ञवालीको उमेर २७ वर्ष पुगेको छ । अन्य गाउँ र नगरका प्रमुख पदका उमेदवारहरु भने ४० देखि ७० वर्ष उमेर सम्मका रहेका छन् ।

कान्छा उम्मेदवार यदु ज्ञवाली

२०४७ साल असार ३ गते गुल्मीको वलेटक्सारमा जन्मिएका ज्ञवाली कलिलै उमेर देखि नेकपा माओवादी केन्द्रका राजनीतिमा उचाई लिएका युवा नेता हुन् । रुरु गाउँपालिका भित्र अन्य राजनैतिक दलका युवा जमातमा समेत ‘सेलीब्रेटी’ उमेदवारको संज्ञा पाएका ज्ञवालीको विकल्प नरेको उनका प्रशांसकहरुको दावि रहेको छ ।

‘यहाँका जनताले परिवर्तन चाहेका छन’ – उमेदवार ज्ञवालीले भने – ‘यहाँको युवा जमातबाट मैले पाउँदै आएको माया र साथले नै मलाई युवा जमातले नै जिताउने कुरामा म ढुक्क छु ।’ द्धन्द्धकाल देखि नै माओवादी पार्टीको राजनीतिमा सक्रिय ज्ञवाली अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा माओवादी केन्द्र गुल्मीका पनि सचिवालय सदस्य हुन् ।

यस अघिको प्रचण्ड सरकारका पालामा रुरु गाउँपालिका भित्र विभिन्न विकास निर्माणमा ठुलो रकम पार्न सफल भएकोले पनि उनलाई त्यहाँ नागरिकले भोट दिने माओवादी केन्द्र वलेटक्सारका अध्यक्ष नारायण पौड्याल बताउँ छन् । त्यस्तै उप प्रमुखमा पनि नेपाली कांग्रेसका युवा नेता देवेन्द्र मल्ल सहित पुरै प्यानलले जित हाँसिल गर्ने उनिहरुको दावि छ । उक्त प्यानलमा माओवादी केन्द्रबाट साविकको वलेटक्सारको वडा अध्यक्षमा नारायण पौड्याल , वम्घामा पनि सोही पार्टीका हरिप्रसाद ज्ञवाली वडा अध्यक्षका उमेदवार रहेका छन् । त्यस्तै रुरुमा कांग्रेसका रामचन्द्र भट्टराई वडा अध्यक्षका उमेदवार रहेका छन् ।

थानापतिमा पनि सोही पार्टीकै भास्करराज ज्ञवाली, ग्वादीमा पनि कांग्रेसकै मंगलबहादुर रेगामी , रिमुवामा पनि कांग्रेसकै वेदबहादुर दर्लामी वडा अध्यक्ष उमेदवार हुन् । यो प्यानलले आफुलाई वलियो पकट पालिकाको दावि गर्ने नेकपा एमालेको एकल प्यानल संग कडा प्रतिष्पर्धामा उत्रिएको हो ।

Comments

comments

Comments are closed.