गुल्मीका कर्मचारीहरुलाई आचरण सुधार गर्न निर्देशन

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन ११ । प्रधानमन्त्री कार्यालयका सचिव तथा केन्द्रिय अनुगमन तथा निरीक्षण टोलीका संयोजक टंकमणी शर्माले गुल्मीका कर्मचारीहरुको आचरण र व्यवहारमा सुधार ल्याउन निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित जिल्लाका कार्यालय प्रमुखहरुसंगको भेटमा उनले थप विभिन्न विषयमा निर्देशन समेत दिएका छन् ।

सेवाग्राहीहरुसंग शिष्टता प्रस्तुत गर्ने, उनिहरुलाई सास्ती दिने काम कदापी नगर्ने र छिटो भन्दा छिटो सेवा दिन उनले प्रमुख जिल्ला अधिकारी सहित यहाँका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । हरेक कार्यालयका समस्या र विकास निर्माणको गतिविधी बुझ्दै उनले वैशाखमा स्थानिय निकाय पारदर्शीता भए नभएको बुझ्दै सचिव शर्माले यहाँका विकासे अड्डाहरुलाई बैशाखमा स्थानिय निकायको निर्वाचन हुने भएकोले चैैत्र महिना भित्रै काम सम्पन्न गर्न निर्देशन दिए ।
pradhanmatri-karyala-sachib-nirdeshan
अनुगमन टोलीमामा संयोजक शर्मा सहित सदस्यहरु अर्धमन्त्रालयका सहसचिव वावुराम भण्डारी , प्रधानमन्त्री कार्यालयका सह–सचिव रामेश्वर ढङ्गोल , सोही कार्यालयका उप–सचिव तारानाथ अधिकारीको टोली रुपन्देही र अर्घाखाँची जिल्लाको अनुमन गरी गुल्मी आएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना र विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले आ–आफ्ना कार्यालयको अवस्थावारे अनुगमन टोलीलाई अवगत गराएका थिए ।

Comments

comments

Comments are closed.