गुल्मीमा बिशाल बिरोधसभा, तम्घासमा मानव सागर उर्लिदा यस्तो देखियो (फोटोहरु)

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर २७ । ५ नम्वर प्रदेश टक्राउन खोजिएको विरुद्ध गुल्मीको संयुक्त जनआन्दोनका आज १३ औं दिनको विशाल विरोध सभामा ठुलो सङ्ख्यामा जनसागर उर्लिएको छ । दशौं हजारको संख्यामा सदरमुकाम तम्घासमा निस्कीएको जुलुसको पछिल्लो पंक्ती लाँकुरी मञ्चमा हुँदा अगाडीको पंक्ति पुरै सडक भरीभराउँ पार्दै उदिनढुङ्गामा थियो । जिल्लाको सवै भन्दा ठुलो मैदान तम्घासको चिदीचौर पुरै भरिएको थियो भने पारी सडक किनारमा पनि मानिसहरुको उत्तिकै भिड थियो ।
जनसागरलाई अव केहि वेर पछि नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी, नेकपा एमालेका केन्द्रिय सचिव प्रदिपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका पोलिटिब्युरो सदस्य चन्द्रबहादुर खड्का उज्वल, सांसद कमला बिश्वकर्मा, नेकपा मालेका केन्द्रिय सदस्य गोपालमणी गौतम लगायतका नेताहरुले सम्वोधन गर्दैछन् ।
आउने भनिएका माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी प्लेन छुटे पछि आउन नपाएको बताईएको छ । यो समाचार तयार पारी रहँदा नेकपा माओवादी केन्द्र गुल्मीका नेता भुपाल पोखरे, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डे लगायतले सम्वोधन गरी सकेका छन् । कार्यक्रम संयुक्त जनआन्दोलन परिचालन समितका संयोजक भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा चलिरहेको छ भने सञ्चालन सोमनाथ सापकोटाले गर्दै छन् । हेरौै तस्वीरमा आजको जनसागर:

Comments

comments

Comments are closed.