शिक्षक पनि एक जना विद्यार्थी पनि एक जना मात्रै

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, असार २२ । सरकारले गाउँ गाउँमा पछिल्लो चरण खोलेका वालविकास केन्द्रमा केन्द्रमा थोरै भनेको कम्तीमा कति जना विद्यार्थी होलान् ? जम्मा १३ जना भन्नु होला यदि तपाई गुल्मीको भए ।
किनकी त्यति संख्या विद्यार्थी भएको समाचार त सुनि सक्नु भएको छ । त्यो भन्दा तल कति जना होलान भनेर प्रश्न गरियो भने ५-७ जना त पक्कै होलान भनेर अडकल काट्नु भएको होला ।
तर, होईन गुल्मीको एक वाल विकास केन्द्रमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । जुन वालविकास केन्द्र हो दर्लामचौरको वडा नम्वर ३ मा रहेको सिमपानी वालविकास केन्द्र । जुन वालविकास केन्द्रमा शिक्षिक पनि एक जना नै रहेकी छन् । त्यस केन्द्रकी शिक्षिका विमला थापा भन्छिन् –‘पढाउने वालवालिका एक जना मात्रै हुँदा दिन कटाउन असाध्धै पट्यार लाग्ने गर्दछ ।’
ठुलो दलित वस्ती रहेको टाकुरा गाउँ र सिमपानीमा वालवालिका भने धेरैको संख्यामा छन् तर पनि गत शैक्षिक सत्रमा १५ जना भर्ना भएका थिए । शिक्षिका थापा थप्छीन्, ‘भर्ना भए त १५ जना भए तर पछि वावु आमा निमेक मजदुरीमा जाने वालवालिकालाई स्कुल पढाउनको ध्याउन नगरेपछि घट्दै जाँदा अहिले एक जना मात्रै रहेका छन् ।’
२०६१ सालमा स्थापना भएको केन्द्रको संरचना पनि अत्यन्तै जीर्ण रहेको छ । दोहली स्रोत केन्द्रका स्रोत व्यतिm लाल बहादुर कुवंरले केन्द्र व्यावस्थापन समिति र गाविस सचिवलाई व्यावस्थापन वा स्थान्तरण गर्न निर्देशन दिएको बताए ।
उनले सरकारी अनुदान ३ हजार मासिक आउने तथा बाँकी सवै काम गाविसबाट हुने जानकारी दिए । गाविस सचिव जयपाल विककले केन्द्र प्रति बिद्यार्थी आकर्षण गर्ने बिद्यालयको पुर्वाधार तथा शैक्षिक पुर्वाधारहरु नभएकाले यो अवस्था सृजना भएको बताए ।
उनले अघिल्लो बर्षहरुमा गाविसको तर्फबाट केन्द्र व्यावस्थापनमा ध्यान नदिएको भन्दै अहिले आफुले जिल्ला तथा गाविसबाट ठोस पहल गर्ने जानकारी दिए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *