गुल्मीकी गंगा जस्को हिजोको हालत देखेर दया गर्ने भगवान, आजको सफलता देखेर ईर्ष्या गर्छन्

  •  
  •  
  •  
  •  
  •  

बैकुण्ठ रायमाझी
२०५६ साल तिर अंकलको छोराको बिबाह भोजमा गुल्मीको ईस्मा छाप पुगेको थिएँ । सबै जना आ-आफ्नै धुनमा रमाइलो मानी रहेका थियौ ।

त्यहाँ हुँन्जेल उनी तर्फ त्यती ध्यान गएनछ क्यारे जस्तो लाग्यो । बिवाहको अर्को दिन म इस्मा अर्जैबाट जब फर्कदै थिएं उनलाई बाटोमा एकलै बिद्यालय जाँदै गरेको देखेँ । त्यो दृश्य देखेर मन कता कता अमिलो भयो । खै मनमा केके सोँचे केके । उनी अर्थात गंगा रायमाझी जस्को घुँडा भन्दा केही तलबाट दुबै खुट्टा थिएनन् । उनी घुँडा र कुहिनाले घिसृदै बिद्यालय जाँदै थिईन ।

गाँउको गेग्रेटो बाटोमा खाली घुँडा र कुहिनोले घिसृदै हिँड्दा घुँडा र कुहिनाबाट रगत निस्केको दृश्यले कस्को मन नछोला र ? मेरो पनि मन चसक्क चस्कियो । म भर्खर स्कुल छोडेर बसेको बेरोजगार के नै पो गर्न सक्थेँ र ? त्यतीबेला मैले केही गर्न सकिन आफुलाइ लाचार शालिक सरह महसुस भयो । अनि केही भावनाका शब्दहरु र पोख्दै त्यहाँबाट बिदा भएँ ।

समय बित्दै गयो बर्सौँ बितेछन् ।
ganga rayamajhi
केही समय पहिले एक्दिन बिएफबिएस (BFBS) गोर्खा रेडियो UK मा समाजसेवी गङ्गा रायमाझीको अन्तरबार्ता सुनेँ । म अल्ल मल्ल परेँ को हुन् त गङ्गा? मनमा यो प्रश्न दोहोरी रह्यो कतै उनै अंकलको छोरी काली त होइनन् ? थप जिज्ञासा बढ्दै गयो । फेरि उहीँ पुरानो दृश्य आँखा आगाडी प्रर्तिबिम्ब बनेर आयो अनि उनको बरेमा सोध खोज गर्न थालेँ । खोज्दै जाँदा थाहा भयो उनी त कुनै कथा उपन्यास सिनेमामा हुने हिरोको जतो भुमिका बस्तबिक जीवनमा निभाइ रहेकी रहिछन् । ठुलो कायापलट भईसकेको रहेछ उनको जीवनमा, मात्र केही बर्षको समयावधीमा । एउटी महिला जो दुबै खुट्टा गुमाएर आँफै अपाङ्ग छिन्, उनैले समाजमा रहेका थुप्रै अपाङ्गहरुलाई नयाँ जीवन दिने काम गरिरहेकी रहिछन् ।

अपाङ्गहरुको लागि नि:शुल्क सीपमुलक तालिम, शल्यकृया, शिक्षा, कृत्रिम अंग बनाउनुका साथै घुम्ती शिबिरहरु सन्चालन गर्ने र औषधी उपचार गराउने जस्ता महान कार्यहरु गरीरहेकी रहिछिन् । उनको सपनालाई यथार्थमा परिणत गर्ने उदाहरणिय माध्यम रहेछ गुल्मीबाटै सन्चालित सँस्था आशा अपाङ्ग केन्द्र गुल्मी ।

केन्द्र सन्चालनको सिलसिलामा उनी युरोप अस्ट्रेलिया सहित विश्वका बिभिन्न १७ देशहरुमा पुगिसकेकी रहिछन् । उनको जीवन कथा सुन्दा हिज उनको हालत देखेर दया गर्ने भगवन पनि उनको आजको सफलता देखेर ईर्ष्या गर्छन् कि जस्तो भान हुन्छ ।

रायमाझीको कथा सुनेपछि हर कसैको आत्मबाल बढ्ने कुरामा दुईमत नै छैन किन भने सबै अंगहरु सहि सलामत हुने मान्छेहरु त यो दुनिया सँग हारेर आत्महत्या गर्छन तर उनी भने दुबै खुट्टा नहुँदा नहुदै पनि उदाहरणिय काम गरेर लाखौंँकी प्रेरणाको स्रोत बनेकी छिन् । हो उनी हुन रियल हिरो तर उनी मिडियामा खासै आउन नचाहेको हो वा नल्याईको हो त्यो मेरो खुल्दुलिकै बिषय रहिरह्यो । गुल्मी जिल्ला समाज, युकेको
सँस्थापक अध्यक्ष ओम प्रसाद थापा र पूरा टिमद्वारा रायमाझीले सन्चालन गरेको केन्द्रको सहयोगार्थ लागि बेलायतमा हरेक बर्ष बिबिध कार्यक्रमहरु गरिन्छ । हिजो कि दयाकी पात्र आज यो अबस्थामा आइपुगेको देख्दा खुशी नहुने को होला? गंगा गुल्मेली चेली भन्दा गर्ब लाग्छ तर उनको लागि उलेखनीय केहि गर्न नसकेकोमा भने दु:ख लाग्छ । समयले साथ दिएमा उनलाई साथ र हौसला दिने खालको कार्य गर्ने धोका छ ।

गंगाको आत्मबलले अन्य धेरैको जीवनमा पनि हौसला र प्रेरणा जाग्ने विश्वास मैले गरेको छु । म पनि जब जब जिन्दगी देखी थाक्छु, निरास हुन्छु गंगाको आत्मबल र साहसलाई सम्झेर पूर्ण हिम्मत बटुल्ने कोसिस गर्छु ।

गंगा रायमाझीलाई साथ र हौसला दिन सबैको ध्यान पुगोस जस्ले उनलाई समाज र सामाजिक कामहरु प्रती अझ बढी डटेर लाग्ने प्रेरणा दिओस्, भगवानसँग यही प्रार्थना छ ।

गुल्मी, हाल: चेक रिपब्लिक

Comments

comments

Comments are closed.