गुल्मीका ७ हजार भन्दा बढि भुकम्प पिडितको प्रमाणीकरण

  •  
  •  
  •  
  •  
  •  

पुनः निमार्णका लागि पौष १४ देखि गाउँ गाउँमा ईन्जिनियर
प्रेम सुनार
गुल्मी , पौष–११ । भुकम्प गएको झण्डै २० महिना पछि वर्तमान सरकारले गुल्मीका भुकम्प पिडितहरुको घर पुनः निमार्णका लागि पौष १४ गते देखि गाउँ गाउँमा ईन्जिनियर पठाउने भएको छ ।
भुकम्प प्रभावित आवास पुनः निर्माण कार्यक्रम जिल्ला लगत संकलन व्यवस्थापन कार्यालय समेत सरकाले आ देखि सदरमुकाम तम्घासमा स्थापना गरेको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी पुनः निर्माण समिति समेत गठन भएको छ ।
सो समितिले आयोजना गरेको राजनैतिक दल, पत्रकार तथा अन्य सरोकारवाला संग भेटघाट कार्यक्रमको आयोजना गरी अव छिट्टै भुकम्प पिडिहरुको घर पुनः निर्माणको काम थालनी जानकारी दिएको हो ।
जिल्लाबाट केन्द्रिय तथ्याङक विभागमा गुल्मीका ३ हजार ७ सय ३८ घरधुरी भुकम्प पिडितको संख्या सिफारिस गरी पठाएको थियो । तर केन्द्रिय तथ्याङक विभागले यहाँका भुकम्प पिडितहरुको संख्या त्यो भन्दा दोब्बर बढाएर पठाएको छ ।
विभागले गुल्मीमा ७ हजार ४ सय ८८ घरधुरी भुकम्प पिडित रहेको तथ्याङ पठाएको हो । यस अघि जिल्लाका प्राविधिकहरुले रातो र पहेलो कार्ड मार्फत गरिएको प्रमाणीकरण अव मान्य हुने छैन् ।
यस अघि रातो र पहेलो कार्ड जुन सुकै पाएका घरधुरीलाई केन्द्रबाट आउने ईन्जिनियरहरुले नयाँ मापदण्ड अनुसार प्रमाणीकरण गर्नेछन् । त्यो प्रमाणीकरण नै अन्तिम र पुनः निर्माणको काम थालनीको चरण हुने जिल्ला लगत संकलन व्यवस्थापन कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए ।
भुकम्पबाट क्षतिग्रस्त घर वाहेक नेपाल अधिराज्यको कुनै पनि स्थानमा अर्को घर हुनेहरुले पुनः निर्माणका लागि उपलव्ध हुने रकम पाउने छैनन् । कसैले ढाँटेर उक्त रकम पाएको खण्डमा छिमेकी वा अन्य जानकारले उजुरी दिए कडा कार्वाही गरिने छ ।
पौष १४ गतेबाट सुरु हुने लगत संकलन कार्य ४५ दिन भित्रमा सकिने छ । भुकम्पले घर भत्केर नयाँ बनाएकाहहरुले पनि उक्त रकम पाउने भएका छन् । भोली देखि सदरमुकाम तम्घासमा सामाजिक परिचालकहरुलाई अभिमुखीकरण तालिम दुई दिन सम्म दिईने छ ।
त्यस पछि उनिहलाई केन्द्रबाट आउने ३३ जना ईन्जिनियरहरु संग गाविसहरुमा पठाईने छ । यस अघि भुकम्प पिडितको लिष्टमा नपरेकाहरुले पनि यदि वास्तविक अन्यायमा परेकै भए प्रमुख जिल्ला अधिकारीलाई निवेदन गरेर केन्द्रबाट आएका ईन्जिनियरहरुलाई देखाउन लगाईने छ ।
रातो कार्ड र पहेलो कार्ड पाउने नपाउने भन्दा पनि वास्तविक भुकम्प पिडित केन्द्रबाट आउने ईन्जिनियरहरुले अन्तिम प्रमाणीकरण गर्ने छन् । दुवैको सुन्यबाटै प्रमाणीकरण सुरु हुने छ ।
व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गनाले भने –‘यो कामको थालनीबाट कोही अन्यायमा पर्ने छैनन् । यसर्थ पनि यस कार्यालाई छिट्टो सफल पार्न सबैको सहयोगको जरुरी छ ।’
उनले व्यवस्थापन कार्यालयलाई प्रमाणीकरण गर्दै गर्ने र अर्को तर्फ पुनः निमार्णका लागि आउने पहिलो चरणको रकम पनि वितरण गर्ने कार्यका लागि विभागलाई ताकेता गर्न समेत सुझाव दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी ढुङ्गना सहित यहाँका राजनैतिक दल र सरोकारवालाले निष्पक्ष ढंगले नेपाल सरकारका ईन्जिनियरहरुले लगत संकलन गर्न लागेकोमा स्थानिय तहमा विवाद ननिकाली स्वतन्त्र रुपमा काम गर्न दिन आग्रह गरेका छन् ।
कार्यक्रममा जिल्ला लगत संकलन व्यवस्थापन कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले लगत संकलनको मापदण्ड र उसले गर्ने कार्यको क्षेत्र अधिकारवारे प्रकाश पारेका थिए ।
प्रमुख जिल्ला अधिकारी ढुङ्गनाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जिल्ला विकास समितिका शाखा अधिकृत शंकरप्रसाद गौतमको स्वागत मन्तव्य र व्यवस्थापन कार्यालयका सहायक ओमबहादुर थापाकोा सहजीकरण रहेको थियो ।

Comments

comments

Comments are closed.