गुल्मीका ७ अगुवा संघ संस्थाद्धारा प्राधिकरणलाई ध्यानर्कषण पत्र

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, बैशाख २२ । नियमित बिद्युत आपुर्ति नभए पछी गुल्मीका ७ संगठनद्धारा ध्यानार्कषण पत्र बुझाएका छन् । नेपाल बिद्युत प्राधिकरण शाखा गुल्मीले अनियमित रुपमा बिद्युत कटौती गरेको भन्दै शुक्रवार गुल्मी उद्योग वाणिज्य संघ, नागरिक समाज, इन्सेक गुल्मी, सुसासन अभियान गुल्मी, मानव अधिकार सचेतना गुल्मी, होटल व्यावसायी संघ गुल्मी, र नेपाल पत्रकार महासंघ गुल्मीले बिद्युत आपुर्ति नियमित गर्न भन्दै प्राधिकरण गुल्मीलााई ध्यानर्कषण बुझाएका छन् ।

देश लोड सेडिङ्ग मुक्त भैरहेका बेला गुल्मी जिल्ला झनै पहिले लोड सेडिङ्ग मुक्त जिल्ला भएपनि यहाँ अघोषित रुपमा दिनमा १० घण्टा भन्दा वढी बिद्युत कटौती हुने गरेको प्रति जिल्लाका अघुवा संघ संस्थाहरुले ध्यानर्कषण भएको जनाएका छन् ।
nepal electricity authority guulmi
गुल्मी जिल्ला काली गण्डकी जलबिद्युत परियोजना प्रभाबित जिल्ला भन्दै यस जिल्लालाइ केहि वर्ष पहिला यहाँका बिभिन्न सरोकारवालाबिच छलफल गरि लोड सेडिङ्ग मुक्त जिल्ला घोषण गरेका थिए । जिल्लामा केहि दिन यता दिनमा १० घण्टा भन्दा वढी बिद्युत आउने जाने गरेको छ । नियमित बिद्युत नहुँदा सरकारी तथा बिभिन्न बिद्युतिय सेवाबाट सञ्चालन हुने कामहरु प्रभावित हुने गरेको प्रति स्थानियको चर्का बिरोध हुँदै आएको छ । बिद्युत अनियमित हुँदा जिल्लाका बिभिन्न सञ्चारमाध्यमहरु समेत प्रभावित हुने गरेका छन् । छिन छिनमा आउने जाने गर्नाले बिद्युतिय सामाग्रीहरु समेत बिग्रिने गरेको बताएका छन् ।

प्राधिकरणले आफनो ध्यार्कषणलाई गम्भीर रुपमा लिएर सेवा प्रबाह नियमित गर्न आग्रह गरेका छन् । केहि दिन भित्र समस्या समधान नगरे थपा आन्दोलनका कार्यक्रहरु सहित बिरोधमा उभिने कडा चेतावनी दिएका छन् । जिल्ल ७ संगठनका प्रमुख द्धारा हस्ताक्षरित ध्यानर्कषण पत्र प्राधिकरण गुल्मीमा पुगी प्रमुखलाई बुझाएका छन् । ध्यानर्कषण पत्र बुझे पछी सेवा सुचारु नियमित हुने प्रति आफु बिश्वस्त रहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । प्राधिकरणमा भएको समस्या तुरुन्त समाधान गरि सेवा प्रवाह नियमित गर्नको लागी ध्यानर्कषण गराएको भुसालले जानकारी दिए । प्राधिकरण गुल्मीले भने जिल्लाबाट भन्दा पनि बाहिर वढी समस्या आउने गरेको भन्दा आफनो बचाउ गर्ने गरेको छ ।

Comments

comments

Comments are closed.