गुल्मीका २ नगरपालिकामा मेयरको चर्चा, यस्ता छन् सम्भावित उम्मेदवार

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, चैत २८ । स्थानिय तहको निर्वाचन आउन झण्डै एक महिना बाकी रहदा जिल्ला भर चुनावी माहोल सिर्जना हुन थालेको छ । बिभिन्न पार्टीले चुनाव लक्षित कार्याक्रमहरु लिएर गाउँगाउमा पुग्ने गरेका छन् ।

स्थानिय निर्वाचनको लागी बिभिन्न उमेदवारहरुले आफ्नो उमेदवारीको पदबारे ठुला नेताहरुमा लबिङ शुरु गरेका छन् । गुल्मीमा २ नगरपालिका र १० गाउँपालिका रहेका छन् । गाउँपालिका भन्दा पनि जिल्ला रहेका २ नगरमा हुने चुनावी रौनक सबैले आँकलन गर्न थालेका छन् । रेसुंगा नगरपापलिका कांग्रेसको पकड क्षेत्र मानिएको छ भने मुसिकोट नगरपालिका एमालेको पकड क्षेत्र मानिदै आएको जिल्लाका राजनीतिक दलको आकलन रहेको छ ।

जिल्लाको सदरमुकाम रहेको रेसुंगा नगरपालिकामा स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भुवन प्रसाद श्रेष्ठ, शालिक पन्थी, राजेन्द्र प्रसाद श्रेष्ठ, खिलध्वज पन्थी र श्रीप्रसाद भलामीको उम्मेदवारको रुपमा नाम चर्चामा रहेको छ । एमालेको तर्फबाट डिल्लीराज भुसाल, गणेश श्रीपाली, बालसिंह काउछा, जंग नेपालीको नाम चर्चामा छ । माओबादीबाट भने अशोक थापाको एकल नाम चर्चामा छ ।

रेसुंगा नगरपालिका साबिकका तम्घास, सिमिचौर, दुविचौर, पराल्मी र नयाँगाउँ गाविस मिलाएर बनाइएको छ । नयाँगाउँका ८ र ९ वडा मात्रै नगरपालिकामा आएका छन् । नयाँगाउँ र पराल्मी पछि थपिएको गाविस रहेको छ । पार्टीमा अन्य नेताले पनि सभापतिको उम्मेदवारीमा रुचि देखाएका पनि यी चारबाहेकका नेता उठ्ने सम्भावना कमै रहेको छ । यो नगरपालिकामा तुलनात्मक रूपमा कांग्रेस बलियो देखिएपनि उसको मुख्य प्रतिस्पर्धा एमालेसँग हुने राजनीतिक चर्चा रहेको छ ।

एमाले र माओवादी मिलेर चुनावमा जाने सक्ने छलफल भैरहेको समेत एमालेका एक नेताले बताए । हालै नयाँ संरचना अनुसार मुसिकोट नगरपालिकामा कांग्रेसका तर्फबाट विष्णु सापकोटा, हिरामणि अर्याल, ज्ञानहरि सापकोटा र कृष्णहरि सापकोटाको नाम चर्चामा रहेको छ । मुसिकोटमा एमालेका तर्फबाट सोमनाथ सापकोटा, कमला शर्मा, हरि छन्तेल, जीवन खरेल र खड्ग केसीको नाम चर्चामा छ । माओवादीका तर्फबाट खुमबहादुर थापा एकल चर्चामा रहेका छन् । यो नगरपालिका वामी, बडागाउँ, आँपचौर, कुर्घा, अर्लांकोट, मुसिकोट, पौंदी अमराई र नेटाको एकदेखि चार वडा मिलेर बनेको छ । यो नगरपालिका एमालेको बलियो आधार भएको क्षेत्र भएको कांग्रेसका स्थानीय बताउछन् ।

जिल्लामा जिल्ला निर्वाचन कार्यालय र राजनीति दलहरू चुनावको तयारीमा जुटिसकेका छन् । पार्टीहरूले आधिकारिक रूपमा उम्मेदवार घोषणा गरिसकेका छैनन् । जिल्लामा चुनावको तयारी व्यापक रूपमा अघि बढिरहेको जिल्ला निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेका अनुसार जिल्लाभर एक सय ३८ मतदान स्थल कायम गरेर निर्वाचनको तयारी गरिएको बताए । गुल्मीमा १३ दलले दल दर्ता गरेका छन् । जिल्लामा १ लाख ८० हजार ७ सय ७५ कुल मतदाता संख्य रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । कुल मतदाता मध्ये ९४ हजार ७ सय ५९ जना महिला र ८६ हजार १५ जना पुरुष मतदाता रहेका छन् । मतदाता मध्ये गुल्मीमा १ जना तेस्रो लिङ्ग रहेका छन् ।

Comments

comments

Comments are closed.