गुल्मीका सिडियो ढुङ्गानाले जनतासँग यसरी माफी मागे

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी पुस २ । गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांनाले माफी मागेका छन् । प्रहरी प्रशासनबाट प्रहरी र बन्दकर्ताबीच झडप प्रति दुख व्यक्त गर्दै प्रहरी र प्रशासनबाट कमी कम्जोर स्वीकार गर्दै माझी मागेका हुन । शनिवार संसद कमला बिश्वकर्मा सहित जिल्ला स्थित संयुक्त संघर्ष समिति, बिभिन्न राजनितिकदलका प्रमुखहरु, पत्रकार, नागरिक समाज र सुरक्षाकर्मीहरु बिच बसेको बैठकम उनले घाइतेहरुको सिघ्र स्वस्थ्य लाभको कामना गर्दैै प्रशासनको कम्जोरी महसुस गर्दै अन्य दिनमा यस्ता घटना दोहोरिन नदिने समेत बताए ।

शुक्रवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला प्रशासनमा ताला लगाएर शान्तिपुर्ण धर्नामा बसिरहेका आन्दोलनकारी माथी प्रहरी र जिल्ला प्रशाासनबाट लाठीचार्ज अश्रुग्यास र ढुङ्गा प्रहार भएको घटानामा प्रमुख जिल्ला अधिकारी ढुगांना दोषी भएको भन्दै संयुक्त संघर्ष समितिले माफी मागे आग्रह गरेका थिए । संघर्ष समितिले झडपमा संसद कमला बिश्वकर्मा सहित धेरै घाइतेहुने गरि भएको दमन बिरुद्ध उत्रिने बताएपछी प्रजिले माफी नमागेका अन्य विषयमा छलफलन नहुने बताएका थिए ।
gulmi khabarझडपमा प्रहरीले आदेसभन्दा बिपरित गएको भन्दै छानबिन गरिने प्रजिअ ढुगांनाले बताए । उनले अन्य दिनहरुमा हुने शान्तिपूर्ण आन्दोलनमा यस्तो घटना नदोरिने भन्दै आन्दोलनरता पक्षलाई शान्पिूर्ण आन्दोलन गर्न आग्रह गरे । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला र धर्नामा बसेका प्रर्दशनकारीलाई प्रहरीले हटाउन खोज्दा दुबै पक्षबीच झडप भएको थियो । झडपमा नेकपा मालेकी सांसद कमला विक सहित दुई दर्जन आन्दोलनकारी घाइते भएका संघर्ष समितिले जनाएको छ । झडपमा ४ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब दुई दर्जन अश्रुग्यास प्रहार भएको थियो । झडपका कारण शुक्रावार तम्घास करिव तिन घण्टा तवानग्रस्त बनेको छ । आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका थिए ।
झडपमा परि गम्भिर घाइते भएका नेपाल तरुणदल रेसुङ्गा नगरकमिटीका अध्यक्ष कृष्ण पाण्डेको पाल्पा उपचार भैरहेको छ । तम्घासमा उपचार सम्भव नभएपछी उनलाई थप उपचारको लागी पाल्पा प्रवास लगिएको संघर्ष समिति गुल्मीले जनाएको छ । झडपमा प्रहरी र आन्दोलनकारीको टाउको, हात, खुट्टामा चोट लागेको छ । अन्य घाइतेहरुको जिल्ला स्थित रेसुङ्ग हस्पीटल, तम्घास अस्पतालमा उपचार भैरहेको बताइएको छ । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको आज १८ औं दिनदेखि बन्द हुदै आएको छ । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा सर्बसाधारण मर्कामा परेका छन् ।

Comments

comments

Comments are closed.