गुल्मीका सागर म्युजिक भीडिओ तिर जम्दै …

  •  
  •  
  •  
  •  
  •  

गुल्मीको अर्खाबाङ घरभै अध्ययनको शिलशिलामा काठमाडौं बस्दै आएका सागर थापाद्वारा अभिनित यि आँखाले बोलको गीतको म्युजिक विडियो सार्वजनिक भएको छ जसमा उनले मन लोभ्याउने प्रस्तुती दिएका छन, उनलाई बिनी बस्नेतले उत्तिकै राम्रो साथ दिएकी छिन ।

बिगत साढे चार बर्ष देखी काठमाडौंमा रहेका बिभिन्न नाटक घरहरुमा करिब आधा दर्जन भन्दा बढी नाटक गरिसकेका सागर जन प्रशासनमा डिग्री गर्दै गरेका विद्यार्थी हुन । उनको यो पहिलो म्युजिक विडिओ भने होइन , उनले यो भन्दा अघी केहीको संख्यामा म्युजिक विडियो, लघुचलचित्र र डकुमेन्ट्रीहरुमा  समेत काम गरिसकेका छन । निराजन कंडेलको सुमधुर स्वरमा रहेको उक्त्त गितको विडिओलाई चर्चित निर्देशक सतिज श्रेष्ठले निर्देशन गरेका हुन भने यसलाई बारकोड प्रोडक्सनले बजारमा ल्याएको हो ।

Comments

comments

Comments are closed.