गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, असार ४ । दोस्रो चरण अन्तर्गत असार १४ गते हुने स्थानीय तह चुनावका लागि आइतबार विहानैदेखि गुल्मीमा दलहरुले उत्साहपूर्वक आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराइरहेका छन् ।

जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागि उम्मेदवारहरु मनोनयनका लागि तामझामका साथ निर्वाचन कार्यालयमा पुगेका छन् ।

जिल्लामा रहेका १२ वटै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए । मनोनयन दर्ताका लागि जिल्लामा ठूला तीन दललले सुरुमा साना दललाई समय दिएका छन् ।

मनोनयन दर्ताका लागि दलहरुले र्यालीसहित निर्वाचन कार्यालय पुग्ने गरेका छन् ।

जिल्लामा सुरुमा साना दलहरुलाई दिइएको छ भने त्यसपछि एमाले, माओवादी र कांग्रेसलाई मनोनयन दर्ताको लागि समय दिइएको छ ।
मनोनयन दर्ता गर्ने कार्यक्रममा दलहरुका केन्द्रीय नेताहरु पनि सहभागी भएका छन् ।

Comments

comments

Comments are closed.