गुल्मीका सडक वडादशैँ अगाडी मर्मत हुने

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, असोज १४ । वर्षासँगै अवरुद्ध बनेका गुल्मीका ग्रामीण भेगका सडक दसैँ अगाडि नै मर्मत हुने भएका छन् । जिल्लामा रहेका सडकहरु मर्मतका लागि जिल्ला विकास समिति गुल्मीले रकम विनियोजन गरेपछि अवरुद्ध सडकहरु दसैँ अगाडि नै मर्मत पछी सञ्चालनमा आउने भएका हुन् । हिन्दुहरुको महान पर्व वडा दसै नजिकिएसँगै ग्रामीण सडकमा यात्रुको चाप बढ्न थालेको छ । चाडपर्व मनाउन लामो समय सम्म देस तथा प्रदेसमा रहेका आफन्तहरु घर फर्किने गर्नाले सडकमा चाप वढन थालेको छ । जिल्ला भित्रका सड्कहरु दसै अगाडी नै मर्मत गर्न सम्झौता भइरहेकोले सुचारु हुने जिबिस गुल्मीका कार्यक्रम अधिकृत बिनोद मरासिनीले जानकारी दिनुभयो ।
सडक मर्मतका लागी जिविस गुल्मीले स्थानिय उपभोक्ता समिती मार्फत मर्मत गर्ने भएको छ । जिल्लाका तिनवटा निर्वाचन क्षेत्रमा जिल्ला बिकास समितिको प्राबिधिक टोलिले ग्रामीण सड्कको अबस्था अनुगमन गरेर फर्किएकोले सम्झौता अगाडी बढाइएको अधिकृत मरासिनीले जनकारी दिनुभयो । जिल्लाका एकाध बाहेकका सबै सडक वर्षायाम सुरु भएसँगै बन्द अवस्थामा रहेका थिए ।
ग्रामीण सडक मर्मतका लागि जिविसले सडकको प्रकृति हेरी रु १ लाख देखि ६ लाख सम्म रकम विनियोजन भएको कार्यक्रम अधिकृत मरासिनीले जानकारी दिनुभयो । सडक मर्मतका लागि विनियोजन गरिएको रकम स्थानिय उपभोक्ता समितिको खातामा जाने र काम सम्पन्न गरेपछि रकम भुक्तानी हुने बताइएको छ ।

Comments

comments

Comments are closed.