खेलकुद

गुल्मीका बिकल बेलारुसमा हुने अन्तरास्ट्रिय बिश्व तेक्वान्दो प्रतियोगितामा सहभागी हुँदै

सुन्दर कसजु
रिडि, कार्तिक २०। यहि २९ नोभेम्बरमा बेलारुसमा हुन गइरहेको ७ औं अन्तरास्ट्रिय बिश्व तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै गुल्मी रिडिका युवा बिकल पौडेल सहभागी हुने भएका छन। नेपालको राष्ट्रिय स्तरका तेक्वान्दो खेलाडीमा गनिएका बिकलको यो तेश्रो अन्तरास्ट्रिय स्तरको सहभागिता हो ।

यस अघि उनले दक्षिण एशियाली स्तरको अन्तर्राष्ट्रिय खेलमा सहभागी भइ गोल्ड मेडल तथा राष्ट्रिय स्तरका धेरै प्रतियोगितामा मेडल प्राप्त गरिसकेका छन। २२ बर्षका युवा पौडेलले आफुले गोल्ड मेडल जितेर देश र आफ्नो ठाउँको नाम उच्च राख्ने धोको रहेको बताएका छन । प्रतियोगितामा सहभागी हुन बेलारुस जाने भए पछि उनले विभिन्न संघ संस्थाहरु संग आर्थिक सहयोगका लागि समेत अपिल गरेका छन ।
bikal paudel

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।