गुल्मीका पुन सहित ३ नेपाली गोर्खा सैनिकको काश्मिरमा मृत्यु

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भारतीय सेनामा कार्यरत ३ नेपाली गोर्खा सैनिकको काश्मिरमा मृत्यु भएको छ । श्रीनगरस्थित रक्षा प्रवक्ता राजेश कालियालाई उद्धृत गर्दै दुई हवल्दार र एक राइफलम्यानको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।

मृत्यु हुनेमा गुल्मी काराङतुङ गाउँ घर भएका हवल्दार डमरबहादुर पुन, कास्की घर भएका हवल्दार वर्षीय गिरिश गुरुङ र पर्वतका राइफलम्यान रबिन शर्मा रहेको जनाईएको छ । मृतक पुनको घरमा श्रीमती कल्पना पुन र २ जना बच्चा रहेका छन् ।

भारत र पाकिस्तानको सीमामा अपरेसनका क्रममा यी तीन नेपालीको मृत्यु भएको हो । ३८ बर्षिय पुन २१ बर्ष देखी भारतीय सेनामा कार्यरत थिए भने ४० बर्षिय गिरिश गुरुङले १९ वर्ष भारतीय सेनामा भर्ती भेका थिए ।
पर्वत जिल्लाको चुवा गाउँ घर भएका राइफलम्यान रविन शर्माको उमेर २३ वर्ष रहेको बताईएको छ ।

Comments

comments

Comments are closed.