गुल्मीका ज्ञानेश्वर अमेरिकामा २ दर्जन ब्यवसायक चलाऊँदै (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

रियलस्टेट र होटल थप लगानी लगाउँदै

गुल्मी पुर्खौली घरमा जाँदा आउँदा बाटोमा पर्ने मुग्लिन, नारायणघाट र वुटवल बजारले ज्ञानेश्वर श्रेष्ठको मनमा पर्थ्यो–सुतेको बेलामा पनि पैसा कमाउनुपर्छ ।

उधारो व्यापारको पीडामा रहेको तम्घासमा रहेको बुवाको कपडा पसलवाट यो सपना पुरा नहुने देखेपछि ज्ञानेश्वर पढ्न अमेरिका हानिए । अमेरिकाको चैथो ठूलो शहरमा पर्ने टेक्ससको ह्यूस्टनमा ज्ञानेश्वरका २२ वटा खुद्रा समान विक्री गर्ने स्टोर (ग्याँसस्टेशन समेत) छन् ।

‘मेरो घर गुल्मीको तम्घास, काठमाडौँको सिध्दार्थ बनस्थलीमा स्कुल पढ्थें । बिदामा घर आउँदा जाँदा २४ घण्टानै खुल्ने मुग्लिन, नारायणघाट र बुटवल बजारले मलाई प्रभाव पारेको थियो । त्यसबेला नै सुतेको बेलामा पनि पैसा कमाउनपर्छ भन्ने लाग्थ्यो,’ ज्ञानेश्वरले भने-‘त्यसैले म अमेरिकामा पनि २४ घण्टानै खुल्ने ग्याँस स्टेशन (पेट्रोप पम्प र खुद्रा पसल) व्यवसायमा आकर्षित भएँ ।’

हेरौँ उनै ज्ञानेश्वर श्रेष्ठसँग हिमालय खबरले लिएको अन्तर्वाता:

Comments

comments

Comments are closed.