गुल्मीका खत्री जस्ले साउदी पुगेको एक महिनामैं सडक दुर्घटनामा ज्यान गुमाए

  •  
  •  
  •  
  •  
  •  

पछील्लो ७ बर्षमा साउदीमा साढे ४ हजार बढि नेपालीको मृत्यु
प्रेम सुनार
गुल्मी, फागुन २६ । बैदेशिक रोजगारका लागि सउँदी अरव पुगेको एक महिना नपुग्दै एक जना गुल्मेलीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । हिजो नेपाली समय रातको करिव २ वजे गुल्मीको घमिर गाविस वडा नम्वर २ का अन्दाजी ३५ वर्षिय दधिराम खत्रीको मृत्यु भएको हो ।

घमिर घर भई सउदी अरवमै कार्यरत चम्पाबहादुर कार्कीका अनुसार खत्री साउदी पुगेको एक महिना मात्रा भएको थियो । गुल्मीका खत्रीसंगै पोखरा स्थित काउडाँडा ४ बाझपाटनका अन्दाजी २० वर्षिय बिक्रम घिमिरेको पनि मृत्यु भएको साउदी स्थित नेपाली राजदुतावासले जनाएको छ ।

dadhiram khatri death news

गुल्मी घमिरका मृतक खत्री

दुतावासबाट हामीलाई प्राप्त तथ्याङ्कका अनुसार पछिल्लो दुर्घटनाका दुई जना मृतक वाहेक सन २०१० देखि हाल सम्म ४ हजार ५ सय ६२ जना नेपालीको विभिन्न घटना र विरामी परी मृत्यु भएको छ ।

Comments

comments

Comments are closed.