गुल्मीका केसीलाई बचाउन अभियान सुरु

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । गुल्मी जिल्ला पुर्कोट बाझकटेरी(मुलाबारी निवासी बर्ष ३१ का तारा केसीले सहयोगको याचना गरेका छन् । युवा अवस्थामै फोक्सोको क्यान्सर ग्रसित केसीले उपचारकोलागि आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका हुन् ।

उक्त रोगको महँगोमा उपचार भएको र केसीको आर्थिक अवस्था कमजोर भएको कारण केसी बचाउ अभियान सुरु गरेको बुटवल एफएममा कार्यरत नबिन भट्टराईले बताउनु भयो । अभियानका सदस्यहरुले देश विदेशमा रहनु भएका नेपालीहरु माझ सहयोगको निम्ति अपिल गरेका छन् ।

tara kc gulmiकेसीका एक श्रीमती एक छोरा र छोरी छन् । ‘केसीको श्रीमती शारिरिकरुपमा अपाङ हुनुहुन्छ भने केसीको उपचारकोलागि कुनै आर्थिक स्रोत छैन यसैले उहाँलाई बचाउनको लागि सहयोगको अपिल गरेको हौं’ अभियानका अर्का सदस्य कमल शिसिरले बताए । उनले भने ‘यदि कसैले सहयोग गर्न चाहानु हन्छ भने अभियानका सदस्यहरुको मोवाइल नम्बवर ९८४७१३३५१२, ९८४७२५१३५९ मा खवर गरिदिनु भयो भने हामीले केसी परिवारसंग सम्पर्क गराउने छौं ।’

Comments

comments

Comments are closed.