गुल्मीका कँडेलद्वारा बझाङका दुर्गम भेगमा स्टेचर वितरण

  •  
  •  
  •  
  •  
  •  

डीबी विष्ट
बझाङ, ०५ जेठ । बझाङमा विरामी बोक्नका लागि स्टेचर नभएको समाचार सार्वजनिक भएपछि, नेपालको गुल्मी घर भई अमेरिकामा बस्दै आउनु भएका नेपाली गोविन कडेलले १० वटा स्टेचर सहयोग स्वरुप प्रदान गर्नुभएको छ । बझाङका ग्रामीण बस्तीहरुमा स्टेचर अभावमा आधा बाटोसम्म डाक्टर आएर पनि सुत्केरीको ज्यान बचाएको खबरहरु सार्वजनिक भएका थिए ।

शुक्रबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी केशब बहादुर थापाले कँडेलले पठाएका स्टेचरहरु वितरण गर्नुभयो । कडेलले उपलब्ध गराएका स्टेचरहरु बझाङ जिल्लाका सबै भन्दा दुर्गम ठाँउ काँडा गाँउपालीकाको धलौन, तल्कोट गाँउपालीकाको विकुल्ली र खराईलमा एक÷एक थान स्टेचर वितरण गरीएको छ ।
यस्तै जयपृथ्वी नगरपालीकाको सुईल मयानामा एक वटा, वडा प्रहरी कार्यलय चैनपुरलाई एक वटा, थलारा गाँउपालीकामा २ वटा, मष्टा गाँउपालीकाको धनातोलीमा एक वटा, कोटदेबलको दलीत बस्तिमा एक र कैलाशमा एक स्टेचर वितरण गरिएका छन ।
यस्तै जयपृथ्वी नगरपालीका ११ सुईलका सुर्जकला धामीले आफ्नो गाँउमा विरामी बोक्ने स्टेचर नै नभएका कारणले धेरै गर्भवती महिलाहरुले विच बाटोमा नै ज्यान गुमाउनु परेको र अब विरामी बोक्न सहिलो हुने बताउनुभयो ।

Comments

comments

Comments are closed.