गुल्मीका एमाले कार्यकर्ता आफ्नै नेताहरुसँग आक्रोशित

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । आगामी स्थानीय निर्वाचनका लागि गरिएको कार्यगत एकताको गुल्मी एमालेका कार्यकर्ताहरुले विरोध जनाएका छन् । कार्यगत एकता भएको २४ घण्टा वित्न नपाउँदै कार्यकर्ताहरुले नेतृत्व समक्ष रोष प्रकट गरेका हुन् ।

एमालेले सहजै जित्न सक्ने गाउँ पालिका माओवादीलाई दिएर नेतृत्वले अक्षम्य गल्ती गरेको आरोप कार्यकर्ताको छ । क्षेत्र नं. ३ का चार गाउँ पालिकामध्ये एमालेले माओवादी केन्द्रलाई दुई गाउँ पालिका दिएर एकता गरेको हो ।

मलिका गाउँ पालिका र धुर्कोट गाउँ पालिकामा एमालेले माओवादीका उम्मेदवारलाई मतदान गर्नुपर्ने भएको छ । भने माओवादीले इस्मा र मदाने गाउँ पालिकामा एमालेलाई सहयोग गर्नुपर्ने भएको छ ।

मलिका र धुर्कोट गाउँ पालिकामा एमालेको राम्रो पकड हुँदाहुँदै पनि माओवादीलाई दिइनुले एमालेका एकथरी कार्यकर्ताले प्रदीप ज्ञवालीले त्यस क्षेत्रका प्रभावशाली नेता तथा सांसद गोकर्ण विष्टलाई कमजोर बनाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

सुरुको समयमा नेपाली कांग्रेससँग एकता गर्ने भनेर व्यापक प्रचार गरिएको थियो । नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठकाअनुसार माओवादीले हैसियत भन्दा बढ्ता आकांक्षा राखेका कारण एकता नभएको हो ।

‘नेपाली कांग्रेस डटेर एक्लै चुनावी मैदानमा जान्छ तर चुनाव जित्ने नाममा हैसियत नै नभएकाहरुसँग साँठगाँठ गर्न आवश्यक देख्दैन’, श्रेष्ठले भने ।

Comments

comments

Comments are closed.