gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका एक युवाको बाटोमा कुटपिट, हत्या अभियोगमा ७ जना पक्राउ

प्रेम सुनार
गुल्मी । पञ्चमीका दिन तिजको राम हेरेर फर्किर्दै घर फर्केका गुल्मी जैसीथोकका एक युवालाई सात जनाको समुहले मोटरबाटोमा घेराउ गरी निर्घात कुट–पिट गरेको तिन दिन पछि उनको भिरमा शव फेला परेको छ ।

जैसीथोक गाविस वडा नम्वर ४का ३७ वर्षिय जनक पोखरेलको शव जैसीथोकको छापेखोला भन्ने स्थानको भिरमा हिजो फेला परेको हो ।
स्थानिय सात जना युवाहरुको आक्रमणमा पर्ने मृतक पोखरेल र उनका साथी भनिएका मेघराज नेपालीका अनुसार उनिहरु दुई जनालाई ति ७ जनाले त्यस दिन राती करिव साढे दश वजेको समयमा घेराउ गरी आक्रमण गरेका थिए ।

नेपाली भन्छन्–‘मृतक पोखरेल र म मिल्ने साथी थियौं, हामी पञ्चमीका दिन जैसीथोक–५ को गोलपोलरीमा पञ्जमीका दिन लाग्ने तीजको राम हेरेर घर फर्किदै थियौं , त्यही क्रममा वडा नम्वर ४ को रातामाटाखानी भन्ने स्थानको मोटरबाटोमा ति ७ जनाले एक्कासी आक्रमण गरे । उनिहरुको घेरबाट म खुस्केर भाग्न सफल भएँ । साथी पोखरेललाई घेरा भित्र राखेर निर्घात कुट्दै थिए , त्यस पछि के भयो मैले थाह पाईन् । ’

ति सात जना भनिएका युवाहरु एउटै सामुदायका जैसीथोक ५ निवासी २१ व्र्षिय शिव नेपाली , १९ वर्षिय अशोक नेपाली, २६ वर्षिय भोजराज नेपाली, २० वर्षिय विष्णुबहादुर नेपाली , १४ वर्षिय प्रेम नेपाली र सोही स्थानमा दिदी भेट्न आएका हस्तीचौर –६ ताल्तुङ्ग निवासी २० वर्षिय सन्तोष नेपाली रहेको उनले बताए ।

आज ति सातै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखी उनिहरु संग सोधपुुछ र अनुसन्धान गर्न सुुुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए ।
अहिले प्रारिम्भक अनुसन्धान चलिरहेकोले सवै कुरा अहिले नै भन्न नसिकने भन्दै एसपी रावलले ति ुसात जना विरुद्ध मृतकका भाई सरोज पोखरेलले किटानी जाहेरी दिएको बताउनु भयो ।

मृतकका भाई सरोजले यस अघि पनि ति युवाहरुले पटक पटक भाई र आफुहरु माथी आक्रमण गर्दै आएको र त्यस दिन उहिरुले कुटपिट गरी मारे पछि भिरमा लगेर फालेको आरोप लगाए ।

अन्य स्थानियवासीहरुले पनि पोखरेलको हत्या नै गरिएको जिकिर गर्दै जिल्ला प्रहरी कार्यालयमा भेला भएका छन् । मृतक पोखरेल सउदी अरवबाट दुई महिना अघि मात्र आमा विरामी परेर घर आएका थिए ।

लामो समय देखि सउदी अरवमा हेवी डाईभरको काम गर्ने पोखरेललले प्रशस्त पैसा कमाएका थिए । उनको शरिरमा सुनको सिक्री , महँङ्गो मोवाईल हुने गरेको भाई जरोज बताउँ छन् । मृतकका श्रीमति एक छोरा र एक छोरी रहेको बताईएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D