गुल्मीका ऋषिरामको दिल्लीमा घाँटी रेटी हत्या, ५ दिनपछी शव फेला पर्‍यो

  •  
  •  
  •  
  •  
  •  

बाबु रोका मगर
रोजगारीको शिलशिलामा करिब १२ बर्ष देखि दिल्लीमा काम गर्दै आएका गुल्मीका एक युवाको घाँटी रेटेर हत्या भएको छ । गुल्मी जिल्ला दिगाम गाबिस वार्ड नम्बर ८ बिसौनाका ३७ बर्षीय ऋषिराम पन्थको दिल्ली स्थित मोतिनगर WZ -100 बसाइधारा मा गत १४ गते बिहिबार हत्या भएको पाँच दिन पछि उनको शव फेला परेको थियो ।

मृतकका दाजु कमल पन्थ र बिनोद खनालको अनुसार ऋषिराम कोठामा एक्लै बस्ने गर्दथे उनका श्रीमती, एक छोरा र एक छोरी रुपन्देही भैरहवामा बस्छन् । ऋषिराम बस्ने कोठाबाट दुर्गन्धको बासना छिमेकीको घरमा फ़ैलिएपछि छिमेकीहरुले प्रहरी खबर गरेपछि मृतक ऋषिराम को कोठाको ताला तोडेर हेर्दा त्यहाँ उनको सडिसकेको लास फेला परेको थियो । गर्मीले लासमा किरा परेर लास सडिसकेको थियो । पोष्टमार्टम पछि उनको भारतमै अन्त्यष्ठी गरिएको छ ।

हत्या किन कसरी र कसले गर्यो भन्ने कुरा अझै सम्म पत्ता लागेको छैन तर हत्यारालाइ पक्राउ गरी कारवाही गर्न दिल्ली पुलिसलाइ नेपाली राजदुतावासका एसएसपी यादव खनालले जोड दिनु भएको छ । घटनाको छानबिनको लागि दिल्ली पुलिसमा केस दर्ता भइसकेको छ ।
nepalese killed in delhi

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *