गायिक रमिलाले खुमनलाई ‘माछी भनी छोप्न’ भनेपछी…..

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी चैत ८ । गायिका रमिला न्यौपानेले गायक खुमन अधिकारीलाई माछी भनी छोपे है मायाँले भनेपछी अहिले चारैतिर चर्चा छ । हालै सार्बजनिक भएको ‘सलल मै बगी आउँला’ लोक तथा दोहोरी गितमा माछी भनी छोपे मायाँले भन्ने बोलको गित यतिबेला सर्वत्र चर्चा बटुलेको छ ।

मायाँ प्रमेमा आधारित उक्त गितमा मायाँलु जोडी बिचको कथा बस्तुमा गित तयार भएको गायिका रमिला न्यौपानेले बताईन् । जव मायाँ प्रेम एक अर्का बिच गाढा बन्दै जान्छ तव एकले अर्कालाई कहाँ भेटौं भन्ने खुल्दुली हुन्छ त्यस्ता जोडीलाई समेटेर गित तयार पारिएको गायिका रमिलाले बताइन् ।
केहि वर्ष पहिले देखि गित मार्फत जोडी बन्दै आएको गायिका रमिला र खुमन बिच जम्दै आएको छ । लोक बिधामा प्राय बजारमा ल्याउँने गितमा गायिका रमिला र खुमनको स्वर सुन्न सकिन्छ ।

गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको स्वर रहेको गितमा गायिका रमिला आफ्नै लय शब्द रहेको छ । तिर्सना म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ । शंकर बिसी र अन्जली अधिकारीको अभिनय रहेको गितको म्युजिक भिडियो राजेश घिमिरेको छायाँङन रहेको छ । गितको पुरा भिडियो हेर्नुहोस ।

Comments

comments

Comments are closed.