गायिका शान्ता “रातो हेलमेट टल्काउँदै स्कुटरमा सरर……” (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी साउन १९ । बिगतमा वर्षहरुमा जस्तै यस वर्षको तिज पर्वलाई मध्यनजर राखेर गायिका शान्त परियारको नयाँ तिज गित सर्वजनिक भएको छ । गत वर्ष पनि उत्कृष्ट गीत ल्याएर दर्शक र श्रोताको मन जित्न सफल गायिका शान्ता परियारले यसवर्ष पनि दर्शक श्रोताको मन जित्ने खालको “रातो हेल्मेट” तीजको कोशेली ल्याएकी छिन् । बिजूली आउने जाने समस्या प्रति व्याग्य गर्दै मैन बक्ती बालेर पढेका कुराहरु गितमा समाबेश गरिएको छ । मैन बत्ती बालेर पढने पास भए रातो हेलमेट लाएर स्कुटर चढने कथा बस्तुमा गित तयार भएको छ ।
महिलाहरुले तिज पर्वमा गाउने तिजको झल्को मेटाउने खालको नयाँ तिज गित ल्याएको गायिका परियारले बताइन । महिलाहरुको महान पर्वलाई मध्य नजराखेर बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दर्शक श्रोताको अपार मायाँले यस वर्ष पनि तिज गित ल्याएको बताइन । कला संस्कृतिको संरक्षण सगै चार्ड पर्वलाई संगितलाई बचाउन गित संगिले ठुलो महत्व रहेको उनले बताइन । चार्ड पर्व बिशेषमा निकाल्ने चार्ड पर्वमा जसरी गाइन्थे उस्तै प्रकृतिका बनउनु पर्ने उनको भनाई ।
केहि वर्ष यता संगित क्षेत्र केहि बिग्रदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले संगित क्षेत्र रहेका कलाकार रहने उनले बताईन । कलाकार संगित एक अर्काका परिपुरक रहेकोले संगित क्षेत्रलाई बचाउन जोगाउन कलाकारले नै महत्वपूर्व भूमिका रहेको उनले बताइन । महिलाहरुको महान पर्व तिज पर्वमा आएका केहि गितहरु हाम्रो संस्कृतिमा पच्ने खालका नभएको उनले गुनासो गरिन ।
केहि मित्रहरुबाटै कलाकारिता जस्तो मर्यादित क्षेत्रलाई वदनियत बनाउन खोजिएकोले यसलाई बचाउन जोगाउन सबै एक जुट हुनुपर्ने उनले बताइन । उक्त तीज गीतमा शब्द र संगीत कुशल बेलबासेको रहेको छ । रश्मी तामाङ्ग र शंकर बिसीले अभिनय रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशन शंकर बिसीले गरेका हुन् भने धिताल फिल्म्सले बजार व्यवस्थापन गरेको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *