गायिका गायत्रीले देशको सेवा गर्ने

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, असोज ३ । दर्जनौ लोक तथा दोहोरी र आधुनिक गितहरु सिर्जना गरेर चर्चा कमाउँदै आएकी गितकार एबं गायिका गायत्री थापाले अभिनयको क्षेत्रबाट पनि चर्चा कमाउन सफल भएकी छन् ।
केहि वर्ष यता बिभिन्न गितहरु सिर्जना गरेर, गाएक दर्शक श्रोतामा लोकप्रिय बन्न सफल गितकार एबं गायिका गायत्री थापा हालै बजारमा आएको जानुका कुवँरको “राष्ट्र सेवक छोरी म त देसको सेवा गर्छु” एल्वममा उनले गरेको अभिनय पछी थप चर्चा बटुल्न सफल भएकी छन् । जानुका कुवँरको शब्द र खुमन अधिकारीको लय रहेको उक्त गितमा गायत्री सगै नेपाली चलचित्र क्षेत्रका नायक धिरेन शाक्यको अभिनय रहेको छ । फौजीको कथा बस्तुमा मर्मस्पर्शी कथा बस्तु तयार भएको गितको म्युजिक भिडियोमा धिरेन र गायत्रीको अभिनयले झनै राम्रो बनाएको छ ।
दर्जनौ गितहरु सृजना सगै आफनो सुमधुर स्वर भरेर दर्शक श्रोतामाझ लोकप्रिय थापा यो गितबाट पनि थप चर्चा सगै धेरै दर्शक श्रोताको मन जित्न सफल हुने आशा लिएको बताइन । संगित सिर्जन देखि गायन र अभिनयलाई पनि संगसगै लैजाने उनले बताइन । देस र जनता प्रति सर्मप्रित राष्ट्र सेवक सुरक्षाकर्मीहरुको मार्मिक वेदनालाई समेटेर उक्त गित तयार गरिए छ । राष्ट्र भएर देसको सेवा गर्नु पर्छ भन्ने भावमा गित तयार भएको छ । गितमा चर्चित गायक खुमन अधिकारी र गायिका जानुका कुवँरको सुमधुर स्वर रहेको छ । गित शिवदर्शन फिल्मस्ले बजारमा ल्याएको छ ।
गितको पुरा भिडियो हेर्नुहोस ।।

Comments

comments

Comments are closed.