गाउँ निकाला काण्ड : पिडकलाई लुकाउँदै पिडितलाई गलाउँदै

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, पौष–१४ । व्राम्हण समुदायकी महिलासंग प्रेम सम्वन्ध राखेको आरोपमा केहि दिन अघि गुल्मीका एक दलितलाई गाउँ निकला गरिएको आरोपिहरुलाई सार्वजानिक अपराधको मुद्धा दायर भएको पाँच दिन विति सक्दा पनि प्रहरीले पक्राउ गरेको छैन् ।
गाउँमै मिलाएर घटनालाई झ्यासमिस पार्न अर्वेनी गाविसका तिन वटै प्रमुख दलका नेता सक्रिय भएको स्थानीय दलित समुदायले आरोप लगाएका छन् ।
पौष–१ गते विहान करिव ५ वजेको समयमा अर्वेनी–५ का ८१ व्र्षिय बृद्ध लालबहादुर सुनारको घरमा हेरखोर गर्न गएको बताउँने स्थानिय ४२ वर्षिया न्यौपाने थरकी महिला उनको घर भित्र पसेको देखे पछि उनका भतिजा चिन्तामणी न्यौपानेको नेतृत्वमा गएको एक समुहले उनिहरु दुवैलाई बाँधेर गाउँ घुमाएका थिए ।
गाउँ घुमाए लगत्तै गाविस कार्यालयमा लैजाँदै गरेको बेला नेपाली कांग्रेसका अर्वेनी गाउँ कार्य समिति सभापति रामप्रसाद न्यौपानेले दुवै हात पछाडी लगाएर बाँधीएको देखे पछि अमानविय व्यवहार लागेर फुकाउन लगाएको बताएका छन् ।
‘माथीबाट तल गाविस भवनमा उनिहरुलाई ठुलो समुहले झार्दै थिए मैले यसरी बाँध्न हुन्न, फुकाएर लैजाउ भने पछि फुकाएका हुन्’– न्यौपानेले भने –‘उनिहरु विचको सम्वन्ध कतै देखे पनि नदेखे जस्तो गर्नु पर्ने सम्वन्ध हो, यसो नगर भन्दा पनि उत्तेजित ठुलो समुहले अटेरी गरे पछि मैले रोक्न नसकेको हुँ । ’
अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेको अगुवाईमा गरिएको ति महिलाका पुर्व पतिसंग सम्वन्ध विच्छेदको कागज गराई उनिहरु दुवैलाई पति पत्नीको सम्वन्ध जोडाईएको थियो ।
त्यस लगत्तै ति महिलाका भतिजा चिन्तामणी न्यौपानेले ति बृद्धको घर भत्काउन लगाएर उनिहरुलाई गाउँ निकला गर्ने अगुवाई गरेको स्वयमले सञ्चार माध्यममा स्वीकार गरी सकेका छन् ।
झिटीझ्याम्ट बोकाएर उनका छोरा अनुरामलाई घर भत्काउन लगाई ति दुवैलाई वन पस्न बाध्य पारिएका उनिहरु दुई दिन सम्म भिर जंगलमा गएर बसेका थिए ।
त्यस विरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा सार्वजानिक अपराधको मुद्धा पिडित पक्षले पेश गरेको पनि आज ५ दिन वित्दा पनि प्रहरीले उनिहरुलाई पक्राउ गर्न सकेको छैन् ।
उक्त मुद्धा परेको थाह पाउन साथ त्यहाँका तिन वटै प्रमुख दलका नेताहरुले गाउँमै मिलाउनु पर्छ भन्दै त्यहाँका दलितहरुलाई दवाव दिएको बुझिएको छ । भत्काई दिएको घर गाविसबाट एक लाख रुपैयाँ छुट्टाएर बनाई दिने र उनिहरुलाई पुनस्थापित गरी न्यौपाने बन्धुहरुले गल्ती गरेको महशुस गर्ने गरी उक्त मुद्धा थुत्न लगाउने प्रयास भई रहेको माओवादी केन्द्र अर्वेनीका प्रतिनिधी कमल न्यौपानेले जानकारी दिए ।
हिजो साँझ आरोपित दुवै जना न्यौपानेलाई तिनै दलका तिनै जना नेताहरुले सदरमुकाममा लिएर आएको स्थानिय दलित समुदायले बताए पनि प्रहरीले उनिहरुलाई पक्राउ गर्न सकेको छैन् ।
जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले उनिहरु बसेको भनिएको होटलमा आफुले प्रहरीको टोली दुई तिन पटक पठाए पनि फेला पार्न नसकेको बताए । स्थानियका अनुसार उनिहरु दुवै जना यतिका दिन सम्म गाउँमै थिए तर आज सदरमुकाममा भने उनिहरुलाई लुकाईएको छ ।
अँस्ती साँझ गाउँमै ४०÷४५ जनाको समुह सहित गाउँमै मिलाउन दवाव दिएको स्थानिय दलित अगुवा सुर्य सोनीले बताए । ‘उनिहरु दुवै जना गाउँमै छन ’उनले भने –गाउँमै मिल्न दवाव दिईए पनि हामीले मानेका छैनौं । ’
आज विहानै देखि तिन दलका तिनै जना नेताहरु आ–आफ्ना पार्टीका नेताहरु संग भेटघाटमा व्यस्त थिए । विहान सात वजे तिर आफुलाई पनि त्यहाँका दुई जना नेता भेट्न आएको प्रहरी प्रमुख रावलले बताए ।
‘केहि कुरा बढि वाहिर आएको बताउँदै उनिहरुले धेरै कुरा स्वीकार गरेका छन र आरोपित दुवै जनालाई बुझाउँछौं पनि भनेका छन्’– रावलले भने–‘ हेरौ कति वेला बुझाउने हुन ।’
दश वजे लगत्तै नेपाली कांग्रेस अर्वेनीका पार्टी सभापति रामप्रसाद न्यौपाने , नेकपा एमालेका अध्यक्ष देविप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका अध्यक्ष हुमकान्त न्यौपाने लगायतका न्यौपाने बन्धुहरु प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गना संग भेट गरेका छन् । वाटो खर्च समेत नभएका ति दलित बृद्ध र उनका छोरा यस अघि पनि सदरमुकाममा आए आज पनि आएका छन् ।
उनिहरुको आर्थिक अवस्था कम्जोर भएका कारण आरोपित ति दुई जनालाई केहि दिन लुकाउँदै र ति दलित समुदायलाई गलाउँदै जाने रणनीति त्यहाँका न्यौपाने बन्धुहरुले लिएको आरोप जिल्ला स्थित दलित अगुवा कृष्ण सुनारले लगाएका छन् ।
सार्वजानिक अपराधको धेरै जस्ता मुद्धामा २४ घण्टा भित्र अहिले सम्म गुल्मी प्रहरी आरोपितलाई पक्राउ गर्न सफल भएको तर यो अर्वेनीको मुद्धामा मान्छे गाउँमै हुँदा पनि र अहिले सदरमुकाममै हुँदा पनि किन प्रक्रिन सकेको छैन त ? सुनारले भने यसबाट एकथरीलाई लुकाउने र अर्कोथरीलाई गलाउनेहरुलाई वल पुगेको छ । ’
अहिले दुवै पक्ष विच छलफल चलेको र अर्वेनीका तिनै दलका नेता तथा न्यौपाने बन्धुहरुले आरोपित ति दुवै जनालाई देखाउँदै नदेखाई मिलाऔं भनेर चर्को दवाद दिई रहेको पाल्पाबाट घटनाको रिर्पोटिङ्ग गर्न आई पुगेका पत्रकार मिलन बिकले बताए । उनले फोनमा उक्त जानकारी गराई रहँदा न्यौपाने बन्धुहरुको चर्को आवाज सुनिन्थ्यो । प्रहरी प्रमुख रावलले वाहिरै मिलाएर मुद्धा फिर्ता नगर्ने बताएका छन् । तर प्रहरीले अहिले सम्म पिडकलाई पक्राउ गर्न सकेन् भन्दै नेपाल राष्ट्रिय दलित आयोगका सदस्य सचिव टिकाराम घले परियारको ध्यानकृष्ट गराउँदा आफुले प्रहरी प्रमुख रावल संग कुरा गर्ने बताए ।
यस घटनालाई मानवअधिकारवादी संस्था ईन्सेकले पनि सुरु देखि नै पछ्याउँदै आएको छ । सो संस्थाकी रुपन्देही स्थित क्षेत्रिय कार्यालय प्रमुख कल्पना नेपालले दैनिक चासो देखाउँदै त्यसरी गाउँमै मिलाउन नहुने कुरा दुवै पक्षलाई सुझाव दिदै आएकी छिन् र सम्वन्धीत पक्षको पनि ध्यानकृष्ट गराउँदै आएकी छिन् ।

Comments

comments

Comments are closed.