गाउँ निकला गर्नेलाई जोगाउने पार्टीगत चलखेल

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, पौष–२६ । चरम दुव्र्यवहार पुर्वक दलित बृद्धलाई गुल्मीको अर्वेनीमा गाउँ निकला गरेको एक महिना वित्न लागि सक्दा पनि प्रहरीले त्यसका अगुवाई गर्नेहरुलाई पक्राउ नगरी वस्नुका पछाडी राजनैतिक चलखेल पनि भएको पाईएको छ ।

पौष १ गते विहान हेरखोर गर्न भन्दै अर्वेनीमा –५ का ७८ वर्षिय बृद्धको घरमा स्थानिय व्राम्हण महिला गएको वेला प्रेम सम्वन्ध राखेको आरोप लगाउँदै उनका भतिजा चिन्तामणी न्यौपानेको अगुवाईमा गएका व्राम्हण समुदायले ति दुवैलाई बाँधेर गाउँ डुलाएका थिए ।
लगत्तै गाविस कार्यालयमा लगेर ति दुवैलाई त्यस गाविस कार्यालय सहायक झविलाल न्यौपानेले कानुन हातमा लिएर श्रीमान श्रीमतिको सम्वन्ध कायम गर्न मञ्जुर भएको कागज लेखेर जवरजस्त औठा छाप गर्न लगाएका थिए ।
त्यस लगत्तै ति महिलाका भतिजा चिन्तामणी न्यौपानेले तिमीहरु गाउँमा बस्न लायक छैन वनवास जाउँ भन्दै जंगल तर्फ धपाएका थिए । जंगल धपाएका उनिहरु राती फेरी आएर घरमै बस्ने भएकोले म आफैले उनका छोरा अनुरामलाई घर भत्काउन लगाएको हुँ भनर े स्वयम न्यौपानेले स्वीकर समेत गरी सकेका छन् ।
उनिहरु दुई जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वाजानिक अपराधको मुद्धा दायर गरिएको अहिले झण्डै एक महिना पुगी सक्दा समेत प्रहरीले पक्राउ गर्न सकेको छैन् । उनिहरु फरार रहेको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावले बताए । उनले भने उनिहरु गाउँ देखि फरार छन्, उनिहरु ३५ दिन म्याद कटाउनका लागि फरार रहेका हुन् सक्छन् ३५ दिन नाघे पछि प्रहरीले थुनामा राखेर वयान लिन मिल्दैन्, उनिहरु सिधै प्रशासनमा हाँजिर हुन सक्छन् वा प्रहरीले उनिहरुलाई समातेर प्रशासनमा बुझाउछ। तर उनिहरु उक्त अपराधबाट उन्मुक्ति पाउन भने सक्दैनन्। प्रशासनले कानुन अनुसार सजाएँ दिलाउछ, सरकारवादी मुद्धा हो अव कसैले वाहिरै बसेर मिलापत्र गरे पनि त्यसको मान्यता हुँदैन , उनिहरु दुवै पक्ष प्रशासनमा आउनै पर्दछ ।

एमालेका केहि नेताहरुको चलखेल
गाविस कार्यालय सहायक न्यौपाने नेकपा एमालेका कार्यकर्ता भएको बुझिएको छ । अर्का न्यौपाने नेपाली कांग्रेसका भएको स्थानियले बताए । गाउँ स्तरमा नेपाली कांग्रेसले न्यौपानेलाई बोकेर हिडे पनि जिल्ला स्तरका नेता कुनै पनि पक्ष प्रति मुख खोलेका छैनन् ।

तर नेकपा एमालेका जिल्ला स्तरका केहि नेताहरु आरोपित ति दुवै जनालाई सम्मुख नगराई क्षतिपुर्ति दिलाएर मिलाउँ भन्ने सर्त अगाडी सार्दै दलित अधिकारकर्मीहरु संग लविङ्ग गरी रहेका छन् ।
ति बृद्ध र महिलालाई सदरमुकाममै राखिएको छ । उनिहरुलाई मनाउन एमालेका केहि कार्यकर्ताहरु उनिहरु बसेको स्थानमा पुग्ने गरेको समेत पाईएको छ । मुद्धा थुताउने प्रयासमा सक्रिय उनिहरुलाई विफल पार्न एमाले निकट दलित संगठन उत्पीडित जातिय मुक्ती समाज भने लागि पर्दै आएको छ ।
यस घटनामा अगुवाई गरी रहेका मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण सुनारले पनि आफुलाई दवाव आएको खुलासा गरे । उनले भने–‘ हो,केहि त्यस्ता नेताहरु लागि परेका छन । मलाई पनि कम्ता ‘प्रेसर’ आएको छैन तर हामी पछि हट्दैनौ । ’
एकातिर आफ्नै दलित संगठनले अगुवाई गरेको छ ति दलित बृद्धलाई न्याय दिलाउने पक्षमा भने अर्को तर्फ त्यसै पार्टीका गैह्र दलित नेताहरु घटनालाई झ्यस्मिस पार्न लाग्नुले पार्टीको नीति शिद्धान्त भन्दा पनि हिजोको पुरातनवादी सोच एमालेका केहि गैह्र दलितहरुमा अझै पनि हावी छ भन्ने देखाउछ ।
तर नेकपा एमालेका कार्यवाहक जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण पन्तले संस्थागत रुपमा पार्टीले ति दलित बृद्धलाई न्याय दिलाउनै पर्छ भन्ने अडानमा रहेको बताए ।
‘म व्यक्तिगत रुपमा र हाम्रो संगठन संस्थागत रुपमा लागेको छैन् कानुन अनुसार मिलाईयोस् भन्ने पक्षमा छौं, व्यक्ति विशेषले के वोल्यो भन्ने कुरा प्रति हामी जान चाहन्नौ’–पन्तले भने ।
दलितहरुको मुद्धामा ति दुई न्यौपानेलाई थुनाउनु भनेको प्रतिष्ठाको विषय बनाई रहेका छन् स्थानिय तिन प्रमुख राजनैतिक दलका नेताहरु पनि । कांग्रेस , एमाले र माओवादी केन्द्र तिन वटै दलका नेताहरु उनै आरोपितका दाजु भाई अर्थात न्यौपाने बन्धुनै भएकोले उनिहरु परिवारवाद भन्दा माथी उठ्न सकेका छैनन् ।
‘जहाँ सदियौै देखि ठुलो बाहुल्य रहेको न्यौपाने बन्धुहरुले जे बोल्यो त्यही हुने ठाउँ रहेछ’– घटनाको बारेमा बुझ्न आएका नेपाल राष्ट्रिय दलित आयोगका सदस्य गोविन्द सुनारले भने –‘उनिहरुले त्यहाँ कसैलाई मारे पनि कुरो बाहिर लैजान नदिने अवस्था रहेछ । ’
उनले केन्द्रमा यस घटनाका विषयमा गम्भीर ढंगले कुरा राख्ने बताएको एक हप्ता विती सक्दा पनि केन्द्रबाट कुनै दवाव सम्वन्धीत निकायलाई आउन सकेको छैन् ।
मोर्चाद्धारा आफ्नै अदालतमा उभ्याउने चेतावानी
दलितहरुको मात्र नभई यो देशको सम्पुर्ण उत्पीडित, शोषित पिडित र दमित हुँदै आएका जातीहरुको संगठन नेपाल उत्पीडित जनतान्त्रिक मुक्ती मोर्चाले ति दुई न्यौपाने बन्धुलाई प्रशासनले उचित कार्वाही नगरे अव आफुहरुकै जन अदालतले कार्वाही गर्ने चेतावानी दिएको छ ।
पुर्वी नेपाल, तराई र सुदुरपश्चिमाञ्ल सम्म संगठन विस्तार गर्दै आएको उक्त मोर्चा अहिले खुल्ला रहे पनि परिस्थीती अनुरुप चल्ने जनाएको छ । यो देशमा सेना प्रहरी र प्रशासनमा व्राम्हणवाद हावी भएको भन्दै संगठनका सदस्य अर्विनले फोनमा यस समाचारदातालाई भने –‘दलित सहित उत्पीडित समुदायको पक्षमा अहिलेको प्रहरी प्रशासन छैन , सक्छन भने त्यहीका दलित अगुवाहरुले दवाद दिएर प्रशासनलाई कार्वाही गर्न लागउनुहोस् होईन भने हाम्रै जनअदालतले उनिहरुलाई कार्वाही गर्ने छ ।’
यति ठुलो घटना गुल्मीमा घट्दा दलितका नाममा केन्द्रमा डलरको खेती गरेर बसेकाहरुको चासो नजानुलाई उनले खेद प्रकट गरेका छन् । दलितका नाममा कमाउको धन्दा गर्नेहरु र नेपालका कम्युनिष्टहरु सुधारवादी भएकै कारण यहाँका दलितहरुले व्यवहारमा न्याय पाउन नसकेको उनको आरोप छ ।
एमाले , जनमोर्चा, माओवादी केन्द्रका प्रचण्ड, मोहन बैद्य किरण सहितका कम्युनिष्टहरु सुधारवादी भएको र आफुहरु नेपालको सन्र्धभमा माओवाद मान्ने र व्राम्हणवाद जरै देखि उखलेर फाल्ने गरी संगठित भएको बताउने उक्त मोर्चाले हिन्दु राज्यको वाकलत गर्दै हिड्नेहरुलाई पनि चेतावानी दिएको छ ।
धारुवान, ताम्सालिङ्ग, लिम्वान, मगराँत तमुवान, लगायतका समुदायको राज्य सत्तामा वलियो अधिकार जमाउने गरी उत्पीडितहरुको संयुक्त मोर्चा बनाईको दावि गर्दै सो संगठनले अर्वेनी घटनालाई नजिकबाट नियालि रहेको र यहाँका केहि पत्रकारहरुको रवैया प्रति पनि असन्तुष्ट रहेको जनाएको छ ।

Comments

comments

Comments are closed.