गाउँ निकला काण्ड फलोअपः ७८ वर्षियसंग आमाको मिलाप, छोरा छोरीको चन्द्रविलाप

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , मंसिर–१९ । गत शनिवार गुल्मीको अर्वेनीमा दुई वेग्ला वेग्लै दृश्य देखियो । एकातिर वाजा गाजाका साथ विवाहको रौनकमा हंशमुख हुदै एक महिला र पुरुष रमाउँदै थिए भने अर्को तिर त्यसै गाउँ नजिकै उनै महिलाका पुर्व पति र उनका स–साना छोरा छोरीको विचल्ली थियो ।

गत वर्ष भुकम्पले घर भत्काई दिएर अर्कैको घरमा आश्रय लिनु परेका अर्वेनी ६ का ७० वर्षिय चन्द्रकान्त न्यौपानेकी ४३ वर्षिया श्रीमति स्थानिय ७८ वर्षिय बृद्ध लालबहादुर सुनारसंग त्यस दिन लगन गाँठो कसेर बजा गाजाका साथ घर भित्रिदै थिईन् । भने अलि माथी पुर्वपति कानमा औला राखेर बस्नु पर्ने अवस्था थियो ।

चन्द्रकान्त वोल्न नसक्ने बौद्धिक अपाङ्गता भएका व्यक्ति हुन् । श्रीमान् र उनका ४ उनका्, १५ र ११ वर्षिय छोरा र ७ वर्षिय छोरीको बिचल्ली परेको हो । भुकम्पले घर भत्काईदिएपछि अर्कैको घरमा बस्दै आएका चन्द्रकान्तलाई छिमेकीले नै श्रीमती भगाईदिंदा । छिमेकी भगवती न्यौपानेका अनुसार जेठो छोरा काठमाण्डौंमा रोजगारी गदै पढ्ने गरेका छन् । १५ वर्षका माईलो छोरा बिनोद स्थानीय भगवती माविमा कक्षा ८ मा, ११ वर्षिय धर्मगत कक्षा ६ मा र छोरी ७ वर्षिय कृति कक्षा २ मा पढ्छन् ।

अति विपन्न परिवार भएकै कारण तिनै जना छोराछोरीलाई विद्यालयले ड्रेस सहित अध्ययन सामाग्री निःशुल्क सहयोग गरेको छ । ‘तर विहान सा“झ के खाने भन्ने ठुलो समस्या छ’, भगवतिले भनिन, ‘आमा हिंडेपछि केही छाक मैले खुवाए“, धेरै काम गर्न सक्दैन्, आफु र केटाकेटी पाल्ने समस्या नै ठुलो भयो ।’

भगवती बाहेक चन्द्रकान्तका भतिजा चिन्तामणीले पनि छोराछोरीको रेखदेख गर्ने गरेका छन् । भुकम्पले घर भत्काईदिएपछि बास विहिन बनेको परिवार अर्वेनी ५ का धर्मगत न्यौपानेको घरमा आश्रय लिएर बस्दै आएको छ ।

बोल्न नसक्ने र विपन्न भएकै कारण उनको घर भुकम्प पीडितको सूचीमा पनि छैन् । घर भत्केपछि अहिलेसम्म कुनै राहत पनि नपाएको चन्द्रकान्तले बताए । उनको पुरानो घर अर्वेनी ६ बोझा गाउ“मा थियो । गाउ“मा उनको खेती गर्न योग्य डेढ रोपनी जग्गा मात्र छ ।

केटाकेटी कसरी पाल्ने मात्र चिन्ता भन्दा पनि श्रीमति नजिकै अन्य जातका छिमेकीले बिहे गरिदिएकोमा बढी चिन्ता चन्द्रकान्तलाई भएको स्थानीय कमल न्यौपानेले बताए ।

उनको आवाज राम्रोसंग बुभ्mन सकिंदैन् । ‘समाजले अलि टाढा राखिदिएको भए हुन्थ्यो भन्ने उनको चिन्ता छ’, कमलले भने, ‘ आमनेसामने भैरह“दा निकै समस्या भएको छ ।’ उनीहरु दुई परिवारको घरको दुरी १५ मिनेटको पैदल यात्रामा छ । चन्द्रकान्तको खरबारीमा लालबहादुरको घरछेउबाटै जानुपर्ने भएकाले मंगलबार नै दुईजना कुटाकुट गरेको उनले बताए ।

लालबहादुरको परिवार गाउ“बाटै धपाईएको भन्दै पुर्नस्थापनामा बाजागाजा सहित अर्को घर बनाएर भित्र्याएर समाजले न्याय गरेपनि चन्द्रकान्तको परिवारमा झन ठुलो ‘बिजोग’ थपिएको गाविस सचिव भोजबहादुर रानाले बताए । ‘एकातिर घर उजाडिएको छ ’, उनले भने ‘अर्का तिर जमाईएको छ । आमको साथ नपाएर विचल्लीमा परेका उनका छोरा छोरीलाई सवैले सहयोग गरी दिन उनले आग्रह ।

११ वर्षिय छोरा धर्मागतले घरमा खाने खर्च नहु“दा चिन्तामणी न्यौपानेको घरमा गएर खाने गरेको बताए । ‘कहिलेकांही खानेकुरा केही हु“दैन’, उनले भने, ‘हामी चिन्तामणी अंकलकोमा जान्छौं, बा भोकै सुत्नुहुन्छ ।’ दाई बिनोद विद्यालय छुट्टी भएको बेला अर्काकोमा मेलामा जाने र बाबु मजदुरी गरेको पैसाले चामल किन्ने गरेको उनले बताए । प्रेम सम्बन्ध खुलेपछि पुष १ गते गाउ“बाटै धपाईएका अर्वेनी ५ का लालबहादुर सुनार र साबित्रा न्यौपाने बिच अधिकारकर्मी र स्थानीय समाजले नै धुमधाम बाजागाजाका साथ शनिवार दोस्रो विवाह गराईदिएर पुर्नस्थापना गरेका थिए ।

वावु अपाङ्ग , आमा अर्कै संग टाप, खान छैन घरमा परेको छ चन्द्र विलाप तर उनकी ७ वर्षिया छोरी संग कति पढ्ने धोको छ ? भनेर सोध्धा उनले भनिन डाक्टर बन्ने धोको छ । आमा संग बोल्न भेट्न मन छैन ? भन्ने अर्को प्रश्नमा उनले भनिन् अर्का संग जाने संग किने वोल्न भेट्न परोर ? देख्न भेट्नै परेको छैन् ।

Comments

comments

Comments are closed.