जिल्ला समाचार

गाउँपालिका बजेट: खरको छानो भएका सबै घरमा टिनको छानो

गुल्मी । जिल्लाको दुर्गम क्षेत्रमा रहेको ईस्मा गाउँपालिकाभित्र पर्ने सवै घरमा टिनका छाना लगाइने भएको छ । गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षभित्र सवै खरका छाना विस्थापित गर्ने गरी बजेट विनियोजन गरेको छ । विपन्नत तथा आर्थिक स्रोत कमजोर भएका व्यक्तिहरुको पह्चिान गरी टिन उपलव्ध गराउने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

‘जनतालाई हाम्रो भर, विपन्नलाई सुरक्षित घर’ नारासहित जनता आवास कार्यक्रम अन्तर्गत यस्तो योजना ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले जानकारी दिए । ‘चालु आर्थिक वर्षभित्र चार सय खरका छाना हटाउने लक्ष्य लिएका छौँ’,उनले भने, ‘जनतालाई स्थानीय सरकार भएको महसुस यस कार्यक्रम गर्ने छ ।’ कार्यक्रमबाट विपन्न वर्गका सयौँ घरपरिवार प्रत्यक्ष लाभांवित हुने उनको भनाई छ ।
kharko chhano ghar nepal
यस कार्यक्रमका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको गाउँ पालिकाका कार्यकारी अधिकृत सरोज पोख्रेलले जानकारी दिए । कार्यक्रम गाउँभरी अभियानकै रुपमा सञ्चालन गरिने पोख्रेलले बताए । ‘उज्यालो गाउँपालिका हाम्रो अभियान’ अन्तर्गत सवै बस्तीबस्तीमा विद्युत्तीकरण गर्नका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए ।

गाउँसभाले सवैको घरमा स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउनका लागि ‘एक घर एक धारा ः टोलटोलमा संरक्षित मुहान र पँधेरा’ कार्यक्रम लागु गरेको छ । कार्यक्रम सञ्चालनका लागि एक करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यकारी अधिकृत पोख्रेलले जानकारी गराए । गाउँपालिकाभित्र निर्माण हुने भौतिक संरचनालाई योजनावद्ध र बोलियो पूर्वाधारको रुपमा अघि बढाउने नीति तथा कार्यक्रम बनाइएको उनको भनाई छ । -मनास्लु खबर डट कम

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।