गरिबीको पराकाष्टा, चन्दा मागेर आमाको काज–किरिया, छुंदैन दलका नेतालाई जनताको पीडाले

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी ,फागुन–१ । गुल्मी भनभनेको सिङ्गो गाउँमा ढुङ्गाको छानै–छानाले बनेका अग्ला अग्ला सुन्दर घरहरु छन् । त्यसै गाउँमा जम्मा दुई वटा मात्र घर छन खरले छाएको । ति खरले छाएको घर रुपी झुपडी मध्ये एउटा झुपडीको कथा निकै कहाली लाग्दो छ ।

आमाको काज–किरायामा वसेका दुई बहिनी

वावुको १० वर्ष अघि भारतको दिल्लीमा सडक दुर्घटना पनि ज्यान गयो । श्रीमानको मृत्यु पछि निमेक मजदुरी गरेर तिन वटी छोरी हुर्काउँदै आएकी आमा फेरी दुवै मृगौला फेल भई उपचार गर्ने खर्च नभएर अकालमा केहि दिन अघि मृत्यु हुन पुग्यो ।

आमाको मृत्यु हुँदा १३ र १७ वर्षका छोरीहरुको साथमा सुको पैसा थिएन । धन्न अर्की विवाहित छोरीको साथमा दुई सय रुपैयाँ थियो र ल्यएर आईन । जुन रकमले रकपडा किन्न समेत पुग्दैनथ्यो । अन्ततः गाउँवासीले चन्दा उठाउन सुरु गरेर शाहघाट सम्म पुराएर अन्तिम दाहसंस्कार गरे । यस्तो विपदका विच र समाजको चुनौतिका वावजुद पनि साहघाटमा गएर आमालाई दागवत्ती दिने र काज किरिया बस्ने छोरीहरु हुन् गुल्मीको भनभने गाविसवडा नम्वर ९ टिमुरखर्क रोल्मा गाउँका १७ वर्षिया मिना घर्ति र १३ वर्षिया उनकी वहिनी जमुना घर्ति ।

२०६३ साल माघ १ गते उनका वावु पोमबहादुर घर्तिको दिल्लीमा गाडीले हानेर ज्यान गएको थियो । सामन्य किरिया खर्च दिईयो तर अपराधी पक्राउ गर्ने र उचित क्षतिपुर्ति दिने कुरमा सडकमा कुकुरको जस्तै मराई ठान्यो भारत सरकारले । स–साना तिन छोरीहरु मात्रै भएकी उनकी आमा वालकुमारी घर्ति श्रीमानको मृत्युका वारेमा खोज तलास गर्न सकिनन् ।

सहेर वसीन र ति तिन सन्तान पालन पोषण र पठन पाठनका लागि उनले ढुङ्गा वोक्ने लगायतको निमेक मजदुरी गर्दै आएकी थिईन् । उनको तिन वर्ष अघि नै दुवै मृगौला फेल भएका रहे छन् ।

अस्पताल जानु , देखाउनुको साटो धामी झाँक्री गराउँदै आएकी वालकुमारीलाई दुवै मृगौला फेल भएको तव थाह भयो जव उनि अन्तिम अवस्थामा पुगेर विवाहित छोरी ज्वाँईको साहरामा एक महिना अघि मात्र वुटवलको एक अस्पतालमा जँचाउन पुगिन् ।

जति वेल उका दुवै मृगौलाले १० प्रतिशत मात्रै काम गर्न सक्ने भएका थिए । उपचार सम्भव नभए पछि घर ल्याईएकी वालकुमारी माग १६ गते ४५ वर्षको उमेरमा मृत्यु हुन पुगिन् ।

पत्रकारले चन्दा उठाउनु प¥यो
छिमेकीले चन्दा उठाएर छोरीहरुले आमाको काज किरिया गर्दै छन भन्ने कुरा त्यस गाउँका सवै राजनैतिक दल , समाज सेवी शिक्षक वुद्धिजिवी सवैलाई थाह छ । तर पनि कुनै नेता समाज सेवी र शिक्षकहरु फर्केर आएनन । उनिहरुको अत्यन्तै विचल्ली देखे पछि टिमुरखर्क निम्न माध्यामिक विद्यालयका प्रधानध्यापक विरेन्द्र केसीको भने मन खायो ।

उनले यस समाचारदातालाई गुहारे । त्यहाँ पुग्दा टिलपिल टिलपिल आँखामा आँशु पार्दै आमको काज किरियाको कुनोमा वसेका ति दुई वहिनीहरु गुहारको मुद्रामा एक्कासी भक्कानो छाडे । डाँडा–भाटा देखिने गरी चुहीन थालेको सानो घरको छानो । तिन महिना पनि खान नपुग्ने जमिन दिन भरी मजदुरी गरे साँझ चुलो वल्ने नत्र भोकै सुत्नु पर्ने अवस्थाका ति दुई वहिनीको रोदन र चित्कार सुन्दा मन थाम्न सकिएन उनिहरु संगै बगे आँशु ।

दादा.. आमाले ढुङ्गा बोकेर बढो मुस्कीलले एसएलसी पास गराउनु भएको थियो यसै वर्ष । आमाको उपचार खर्च नै पुराउन नसके पछि कसरी क्याम्पस भर्ना हौं ? मैले मलाई क्याम्पस बढाउने आमाको धोको पुरा गर्न सकिन भन्दै डाको छाडिन माईली छोरी मिना । कान्छी जमुनाको गहभरिएको थियो । केहि वोल्न खोज्दा पनि उनि वोल्न सकिनन् उनको गला अवरुद्ध भयो । त्यो देखेर रिर्पोटिङ्ग कै क्रममा यस समाचारदाताले गाउँवासी विचमा चन्दा अभियान सुरु ग¥यो । दुई दिन सम्मको प्रयासले २० हजार रुपैयाँ संकलन गरेर उनिहरुलाई हस्तान्तरण गरेर फर्किको छ ।

जनतन उनिहरुलाई कुनोबाट त उम्काईयो । तर उनको क्याम्पस बढ्ने सपना र कक्षा ९ मा पढ्ने उनकी वहिनीको कम्तीमा पनि एसएलसी पास गर्ने सपना जसरी पनि पुरा गराएर छाड्ने छु भनि दिएको आस्वासन पुरा गराउन यसै समाचारदाताले सवै संग सहयोगको अपिल गर्दछ ।

प्रधानध्यापक विरेन्द्र केसीको संयोजनमा सहयोग संकलन अभियान सुरु गरिएको छ । कृपया देश विदेशमा रहनु हुने पुर्कोट, धुर्कोट , ईस्माकोट, मुसिकोट लगायत सम्पुर्ण गुल्मेली तथा अन्य जिल्लाका महानुभावहरु उच्च शिक्षा हाँसिल गर्ने मिना र जमुनाको सपना पुरा गराई दिने तर्फ सोची दिनु होला । विवाहित छोरी रिता पनि सवै संग त्यही अपिल गर्दछिन् ।

‘मैले के गर्न सक्छु र घरमा लगेर पालौ वहिनीहरुलाई भने कुनै दिन नमिठो वचन सुन्नु पर्ला’– रिताले गहभरी आँशु पार्दै भनिन –‘मैले तपाईको सञ्चार माध्यम मार्फत सवै संग यहि आग्रह गर्दछु कि यि मेरा वहिनीहरुको क्याम्पस पढ्ने सपना पुरा गराई दिनु होला् । ’
सहयोगदाताले ति विचल्लीमा परेका वहिनीहरुलाई सिधै सम्पर्क राखेर सहयोग गर्न सक्नु हुने छ । उनिहरुको मोवाईल नम्वर ९८११४७४३३८ रहेको छ । प्रधानध्यापक विरेन्द्र केसीको नम्वर ९८४४७०१५१३ मा सम्पर्क राखेर पनि सहयोग गर्न सकिने छ ।

चुनावमा पैसाको प्रलोभन
ति विचल्लीमा परेका दुई वहिनीहरुको अवस्था बुझ्न कुनै राजनैतिक दलका नेता यहाँ आए ? भनेर त्यस भनभने ८ र ९ का वासीन्दाहरुलाई सोध्धा सवैले एकै स्वरमा भने–‘ किन आउन यस्तो वेलामा चुनावको वेलामा पो राती तिनचार वजे तिरै आउँथे र दाल चामल र पैसाको समेत प्रलोभन देखाउँथे । ’

त्यो परिवारको आँगनमा वसेर रिर्पोटङ्ग गरी रहेको वेला त्यस गाउँका सयौं दलित ,जनजाती र अन्य समुदायका मानिसहरुको भिड लागेको थियो । त्यस मध्ये अधिकांस महिलाहरुले राजनैतिक दल विरुद्ध वितृष्ण व्यक्त गरे । उनिहरुले भने यस्तो विपद पर्दा फर्केर नहेर्नेहरुले चुनाव ताका किन सपना बाँड्नु ? कोही साँझ पर्न साथ आउँथे । ‘कोही रातको तिन चार वजे तिर आएर दाल–चामल , धन पैसा के चाहिन्छ हामी दिन्छौं र यहाँको विकास पनि गरी दिन्छौ भन्थे चुनावताक ’त्यहाँका महिलाहरुले आफुले खाने डाँडापारीको पँधेरो देखाउँदै भने–‘ ल हेर्नुहोस् उ त्यो कंकेदेउरालीको डाँडाबाट तिन घण्टाको उकाली ओराली गर्दै पानी बोकेर खाएका छौ तर दलका नेताहरुले चुनावमा पानी ल्याई दिन दिएको आस्वासन पुरा गर्न सकेनन् ।’

उनिहरुले सधै विहान चार वजे हिडेर सात वजे तिर एक गाग्रो पानी बोकेर ल्याउने बताए । ति आमाको किरिया क्रम गदै गरेका दुई वहिनीहरुलाई पानी पँधेरो गराउन धेरै टढा भएका कारण घर नजिकै गाउँवासीले ड्रममा पानी संकलन गरेका थिए । तस्वीरः आमाको काज– किरायामा वसेका ति दुई वहिनी र भेला भएका गाउँवासी

Comments

comments

Comments are closed.