गणेश माबि र पिपलधारा स्वास्थ्य चौकीलाइ सौर्यबत्ती हस्तान्तरण

  •  
  •  
  •  
  •  
  •  

गोबिन्द बस्नेत
बुटवल, असार २६ । गुल्मी जिल्लाको पिपलधारा स्थित गणेश माबिलाइ सौर्यबत्ती हस्तान्तरण गरिएको छ ।बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले पिपलधारा स्थित गणेश माध्यमिक बिद्यालय र स्वास्थ्य चौकी पिपलधारामा ४-४ किलो वाट क्षमताको सौर्य बक्ति जडान गरिदिएको हो ।

नेपाली कांग्रेस पिपलधाराका सभापति हरिबहादुर थापाको पहलमा बैकल्पिक उर्जाकेन्द्रका सहायक निर्देशक रुद्रप्रसाद खनालले सौर्य बक्ति जडानको व्यवस्था मिलाएको सभापति थापाले जानकारी दिनुभयो ।

लोडसेडिङका कारण स्वास्थ्य चौकिमा आवश्यक औषधि राख्न समस्या आएको छ ।

सानो भ्याक्सीन समेत राख्न नसक्ने अवस्थाको कारण खोप तथा भ्याक्सिनका लागि स्थानीयहरु जिल्ला सदरमुकाम तम्घास सम्म पुग्नुपर्ने बाध्यता थियो ।
सूचना प्रविधिको विकाससंगै बिद्यालय शिक्षामा कम्प्युटर अनिवार्य गरीए पनि गणेश माध्यमिक बिद्ययालयले बिद्युत अभावकै कारण कम्प्युटर राख्न नसकिएको थापाले वताउनुभयो ।

उहाँले सौर्य बक्ति जडान संगै बिभिन्न संघ संस्थाको सहयोगमा कम्प्युटर राखेर कम्प्युटर शिक्षा दिइने पहल समेत भैरहेको जानकारी दिनुभयो ।

पिपलधाराकै पुरानो बिद्यालय गणेश माबिलाइ केहि बर्षमै त्यसक्षेत्रकै नमुना बनाउने र कम्प्युटर कक्षाको ब्यबस्था पनि गरिने प्राधानाध्यापक बाबुराम खनालले बताउनुभयो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *