खुलेको १२ घण्टा नबित्दै गुल्मी फेरि बन्द

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी पुस ५ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा २० औं दिनमा खुलेको गुल्मी पुनः १२ घण्टा नबित्दै बन्द भएको छ । एमाले निकट भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारा पत्ता लागाई दोषी उपर कारवाहीको माग गर्दै युवासंघ नेपालले गरेको लुम्बिनी बन्दको अवाहानले गुल्मी ठप्प भएको छ । संघर्ष समितिले धेरै लामो बन्दले जिल्लाको जनजीवन अत्यन्तै कष्टकर भएकाले बन्द खुकुलो बनाएको १२ घण्टा नबित्दै गुल्मी पुन बन्दको चपेटामा परेको छ । हत्याराको कारवाहीको माग गर्दै बिभिन्न नाराबाजी गर्दै बन्दकर्ताले तम्घास बजार सहित जिल्लाका बिभिन्न मुख्य बजारमा बन्द गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,शैक्षिक संस्था, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।
युवासंघ नेपाल गुल्मीको आयोजनामा निस्कीएको जुलुसले गृहमन्त्री राजिनामा माग्नुका साथै, लेण्डुप सरकार मुर्दावाद, दुर्गा तिवारी अम्मर रहुन भन्ने जस्ता बिभिन्न नाराबाजी सहित तम्घास बजार प्रर्दशन गरेका छन् । नाराबाजी सहित निस्कीएको प्रर्दशन पछी कोणसभा समेत सम्पन्न भएको छ ।
कोर्ण सभामा बोल्ने युवा नेताहरुले बर्तमान सरकारले जनतालाई शान्तिको प्रत्यभुती दिलाउन नसकेको भन्दै, दोषी उपर कारवाहीको माग गरेका छन् । लगातार २० दिन बन्दपछीको खुलेको गुल्मी पुनः १२ घण्टा नबित्दै फेरि बन्द हुँदा जनजिवन थप कष्टकर बनेको छ । गुल्मीको तम्घासमा बसेको संयुक्त संघर्ष समितिले पनि तिवारीको हत्या प्रति दुख व्यक्त गर्दै दोषी पत्तालागाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ ।

Comments

comments

Comments are closed.