खुनडाँका मुद्दामा फरार रहेका गुल्मीका झक बहादुर पक्राउ

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । चितवनमा खुनडाँका मुद्दामा फरार रहेका गुल्मी रुरु नगरपालिका २ बस्ने २० वर्षका सितल सुनार भन्ने झकबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-३ नारायणगढबाट सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनारले भरतपुर महानगरपालिका-२५ स्थित साहुनी महतोको घरमा गत जेठ ५ गते गंगासागर महतोलाई पेस्तोलले तथा साहुनी महतो र रामकुमारी महतोलाई फलामे हथौडा समेत प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घरको नगद, सुनका गहना लगायतका धनमाल लुटी भागेका थिए । गम्भीर घाइते भएका गंगासागर महतोको उपचारको क्रममा मृत्यु भएको थियो ।

Comments

comments

Comments are closed.