क्षमता भए जागिर माग्दै एफएम चहार्नु पर्दैन : अध्यक्ष भुसाल

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, ४ बैशाख । साइवर वल्र्ड कम्प्युटरको आयोजनामा एक हप्ते पत्रकारिता तथा रेडियो उद्घोषण तालिम सदरमुकाम तम्घासमा शुरु भएको छ । तालिमको नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालले उद्घाटन गर्नुभएको छ ।

तालिम उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका भुसालले पत्रकारिता एउटा गहन र प्रतिष्ठित पेसा भएकाले क्षणिक रहरले सफलता भेट्याउन गाह्रो हुने बताउनुभयो । तालिम जति पटक भए पनि तालिम नै हुने भएकाले सिकेका कुरा व्यावहारमा उर्तान सहभागीलाई आग्रह गर्नुभयो । साथै उहाँले आफुसंग क्षमता र सृजनशिलता भए जागिर माग्दै एफ एम रेडियो चर्हानु नपर्ने बताउनुभयो ।

तालिममा गुल्मी, बाग्लुङ, अर्घाखाँखी र प्युठानका गरि दुई दर्जन प्रशिक्षार्थीले भाग लिएका छन् । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी भुसाल सहित रेडियो रेसुङाका स्टेशन म्यानेजर अनिता खत्री, रेडियो स्काईका कार्यक्रम प्रमुख महेन्द्र भण्डारी, प्राविधिक प्रमुख तुलसिंह रनपछाई लगायतको सहभागीता रहेको थियो । कार्यक्रम आयोजक साइवर वल्र्ड कम्प्युटर सेन्टरका संचालक अशोक गैरेको अध्यक्षता तथा पत्रकार महासंघ गुल्मीका सचिव टोपलाल अर्यालको संचालनमा सम्पन्न भएको थियो । पहिलो दिन कान्तिपुर पब्लिकेशनका संवादाता घनश्याम गौतम र टोपलाल अर्यालले पत्रकारिता, र समाचारका विविध विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Comments

comments

Comments are closed.