क्याम्पस प्रमुख पन्थीलाई विदाई

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी जेठ ८ । रेसुङ्गा बहुमुखि क्याम्पस तम्घास गुल्मीमा लामो समयसम्म अध्यापन गराइरहनुभएको प्रध्यापक शशि पन्थीलाई विदाई गरिएको छ । क्याम्पस स्थापना कालदेखि नै क्याम्पसमा अध्यापन गराउदै आउनुभएका पन्थीले २०४२ सालदेखि लगातार २० बर्षसम्म क्याम्पस प्रमुखको भूमिकामा रहि काम गरेका थिए ।

क्याम्पस स्थापना कालदेखि हालसम्म क्याम्पसमा सेवारत रहेका पन्थीको २०७३ बैशाख ३ गतेदेखि ६३ बर्ष उमेर पुरा भई सेवानिवृत्त भएका छन् । तम्घास आसपास र रेसुङ्गा बहुमुखि क्याम्पसको श्रृबिृद्धिको लागि निरन्तर लागि रहेका जिल्लाका शिक्षाविद् तथा सामाजिक ब्यक्तित्व पन्थी हाल किरण पुस्तकालय र रेडक्रस लगायतका संघ संस्थाहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
समाजसेवी पन्थीलाई सामाजिक काम गर्न सहयोगीको भूमिका निर्वाह गरि हौसलो दिएको भन्दै पन्थी सँगै उहाँका धर्मपत्नी लक्ष्मी देवी पन्थीलाई क्याम्पसले सम्मान गरेको छ । विदाई कार्यक्रममा बोल्ने सबै वक्ताले प्रध्यापक पन्थीले क्याम्पसप्रति अतुलनिय सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए । विदाई भएका पूर्व क्याम्पस पन्थीले आफू सेवानिवृत्त भएपनि क्याम्पसलाई आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने बताए ।

Comments

comments

Comments are closed.