कोरियामा एक नेपालीलाई झण्डै ४ करोड वनको चिठ्ठा !

  •  
  •  
  •  
  •  
  •  

सौल। दक्षिण कोरियामा एक नेपालीलाई झण्डै ४ करोड कोरियन वनको चिठ्ठा परेको छ। कोरियाको प्रसिद्द चिठ्ठा कार्यक्रम ‘लोट्टो’को दोस्रो पुरूस्कार स्वरूप नेपालका मिलन विश्वकर्माले ३ करोड ८० लाख ७९ हजार ९९० कोरियन वोन प्राप्त गर्नु सफल भएका छन् ।

इपिएस प्रणाली अन्तर्गत रोजगारको सिलसिलामा २ बर्ष अगाडी कोरिया आएका विश्वकर्मलाई कोरियामा खोलिने लोट्ट्री परेको हो। उनले गत हप्ता खोलिएको लोट्टोमा दोश्रो,तेस्रो,चौथो र पाचौ पुरूस्कार जित्न सफल हुनु भएको हो। उनि हाल फोहाङमा एउटा मोल्ड प्लास्टिक कम्पनिमा कार्यरत छन्। उनि सँग सँगै अरु ६७ जनाले दोश्रो पुरस्कार हात पार्न सफल हुनु भएका हुन् । उनले सबै करहरु तिरेर झन्डै नेपाली ३० लाख रुपैँया पाउनने भएका छन्।
milan bishwakorma
विगत ६-७ महिना देखी लोट्टो काट्दै आएका मिलन विश्वकर्माले यो पटक आफैले ल्क्की अंकहरू छानेका रहेछन्। उनलाई लोट्टो पर्दा रात्री कालिन काम गर्दै गर्दै थिए। लोट्टो पर्दा कामनै छोडेर कोठा जान मन भएको तर राती कम्पनिको जिम्मा आफ्नैमा हुने भएकोले गर्दा भोली पल्ट लोट्टो साट्न गएका थिए। सुरुमा उनलाई लोट्टो पर्दा एउटाै कम्पनिको साथी पवन घिमिरे लाई सुनाएका रहेछन् ।

साथी पवनको सलाह बमोजिम आफुले आफैलाई समाल्न नसकिरहेको मिलन लाई पवनको साथमा उक्त ठाउमा रहेको नोङ ह्यप बैंक(कृषी बैंक)बाट रकम प्राप्त गरी नेपाल पठाउन सफल भएको बताए। उनले सबै करहरु कटाएर झन्दै नेपाली ३० लाख रुपैया प्राप्त गरे। उनले जितेको रकम केहि सामजिक काममा लगाई बाकी राम्रो काममा प्रयोग गर्ने बताएका छन्।
(ईपिएस छिन्गुको बल्गबाट साभार)

Comments

comments

Comments are closed.