कोदालोले हानेर बृद्ध आमाको हत्या गर्ने छोरा पक्राउ

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, असोज ७ । गुल्मीमा केहिदिन अघि आमाको हत्य गरि फरार रहेका छोरा पक्राउ गरेका छन् । गुल्मीको द्रिबुङ गाविसमा आफ्नी वृद्ध आमाको हत्या गरेर फरार बनेका छोरालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा द्रिबुङ गाविस २ दह निवासी ४१ वर्षीय विर बहादुर काउछा रहेका छन् ।
काउछाले गत वुधवार राती आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीय आमा मोती काउछालाई कोदालो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनु भएको छ ।
आमाको हत्यागरि फरार बनेका काउछालाई स्थानीयको गोठमा लुकेर वसेको अवस्थामा ईलाका प्रहरी कार्यालय शान्तिपूरको प्रहरी टोलीले पक्राउ गरेका छन् । हत्या अभियोगमा पक्राउ परेका काउछालाई शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याई थप अनुसन्धान गरिरहेको नेपालले जानकारी दिनुभयो छ । दैनिक मदिरा सेवन गर्ने वानी भएका काउछाले के कारणले आफ्नी आमाको हत्या गरेका हुन भन्ने बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक नेपालले जानकारी दिनुभयो ।

Comments

comments

Comments are closed.